X

अर्चले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अमृत अधिकारी || २३ फाल्गुन २०७५,बिहीबार ०३:४३

होम राई मगर पाल्पा, २३ फागुन । निस्दी गाउँपालिका वडा नम्बर ६,अर्चले पाल्पामा रहेको अर्चले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

सामुदायिक स्वास्थ्य विभाग मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री सहित २ हजार वाटको सोलार समेत हस्तान्तरण गरेको हो ।

सुत्केरी केन्द्रका लागि विभिन्न ४० प्रकारका सामाग्रीहरु, २ हजार वाटको सोलार र स्वास्थ्य चौकीमा विभिन्न सूचनामूलक भनाइ, तस्वीरहरुले रङ्याउने सहित करीब २४ लाख बराबरको सहयोग गरेको विभागका संयोजक मोहनसिंह रानाले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले सामाग्रीहरुको उचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले अगाडि भन्नुभयो, स्वास्थ्य जीवनको सम्पत्ति भएकोले स्वास्थ रहन सबैले ध्यान दिनुपर्ने र स्वास्थ्य जनचेतना मूलक कार्यक्रम ल्याउन गाउँपालिका लागि परेको बताउनुभयो ।

विशिष्ट अतिथी मिसन अस्पताल पाल्पाका निर्देशक डा.रचेल कारखले स्वास्थ्य चौकीका सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष,निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चलेका अध्यक्ष मेख बहादुर सुनारीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल, अस्पतालका अधिकृत जीवन भट्टराई, स्वास्थ्य विभागका प्रमुख पार्वती गौतम लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys