X
0
Shares

बुटवलमा घरकाे नक्सा पास गर्न ‘टाइम कार्ड’ लागू

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार १३:४९

बुटवल, २२ फागुन । बुटवल उपमहानगरपालिकाले घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्ड लागू गरेको छ । उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयन गर्ने गरी घर बनाउने कुनै पनि सेवाग्राहीले आफूले पालना गर्नुपर्ने नियम र भवनसंहिताको मापदण्डका सबै प्रक्रियाका बारेमा दिन पुस्तिका प्रकाशन गरेकाे छ ।

उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घरनक्सा पास सम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गरेर कार्यक्रम सुरू गरिएकाे बताउनुभयाे ।

बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली सुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो ।

यस प्रणाली अन्तर्गत हालसम्म १ हजार २ सय ७६ नक्सा दर्ता भएको र तीन सय ५० जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको इन्जिनियर सन्तोष पाण्डेले जानकारी दिनुभएकाे छ ।

सेवाग्राहीलाई सघाउन बुटवलमा जनप्रतिनिधिको यस्तो सहायता कक्ष स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका कामहरुमा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासाहरु आइरहेका बेलामा जनप्रतिनिधिहरुले नै सहजिकरण गर्ने गरि मुलुकमै पहिलो पटक यस्तो सेवाग्राही सहायता कक्षा बुटवलमा सुरु गरिएको हो ।

नगर प्रमुख शिवराज सुवेदीका अनुसार उक्त सहायता कक्षको सेवाग्राहीका काममा सहजीकरण ल्याउने विस्वास गरिएकाे छ । कुनै पनि सेवादेहीले वा जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झन्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउने समेत व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys