X

गाउँमै परिवार नियाेजनका सेवा पाउँदा स्थानीय सेवाग्रही दंग

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार १३:३६

धनबहादुर ठाडा पाल्पा, २२ फागुन । निस्दी गाउँपालिका, पाल्पाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन संघ पाल्पाको समन्वय र मित्याल स्वास्थ चौकीको आयोजनामा एक दिने पुरुष बन्ध्याकरण तथा महिलाको अस्थायी शिविर सम्पन्न भएको छ ।

शिविरमा ९ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका छन् भने ५४ जना महिलाले इम्पलान्ट लगाएका छन् । शिविरमा ७ जनाले इम्पालन्ट निकालेका छन् भने १२ जनाले कपर-टी अस्थायी साधनकाे सेवा लिएका छन् ।

दुर्गम गाउँमा एक दिन चलेकाे शिविरमा २२५ जनाले पाठेघरको मुखकाे जाँच गराएका छन् । गाउँमा सेवा पाउँदा यहाँका महिला तथा पुरूष खुसी भएका थिए । जिल्ला सदरमुकाम तानसेनमा याे सेवा प्राप्त भए पनि दुर्गममा भने याे सेवा पाएकाेमा यहाँका बासिन्दा खुसी भएका हुन् ।

सेवा लिने अत्याधिक भएका कारण मंगलबार राति अबेरसम्म सेवा दिएकाे नेपाल परिवार नियाेजन संघ पाल्पा शाखाका प्रवन्धक साेबाकान्त न्याैपानेले बताउनुभयाे ।

उहाँले परिवार नियाेजन संघकाे घुम्ती शिविर राख्ने कार्यक्रम अनुसार परिवार नियाेजनसम्बन्धी सेवा ग्रामीण र दुर्गम भेगमा पुगेर प्रदान गरिएकाे बताउनुभयाे ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको थियाे । शिविरमा निस्दी गाउँपालिकाका मित्याल, सहलकाेट, झिरूबास, बाकामलाङ, गल्धामा महिला तथा पुरूषले सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys