X

दोभानमाविको ५७ औं वार्षिकोत्सव सम्पन्न

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार ०३:३७

रानीमहल, पाल्पा, २२ फागुन । तिनाउ गाउँपालिका वडा नं २ गणेशटोलमा अवस्थित दोभान मावि को ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । दुर्गा बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि प्रदेश नं ५ का तुलाराम घर्र्तीले तिनाउकै एक मात्र प्राविधिक विषय वाली विज्ञान अध्यापन हुने यो विद्यालयले पहिलो पटक नै राम्रो नतिजा ल्याउन सफल भएकोमा बधाई दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रदेशको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि तिनाउँ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले धेरै दुःख कष्ट झेल्दै तिनाउमा राम्रो नतिजा ल्याउन सफल भएको यो विद्यालय गाउँपालिकाको केन्द्रमा भएकोले स्थानीय सरकार र सबै क्षेत्रबाट सहयोग पाईरहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु र गाउँपालिकाका प्रवक्ता तथा सोही वडाका अध्यक्ष राजेश श्रेष्ठले स्थानीय सरकारले शिक्षा क्षेत्रमा केन्द्रबाट आउने सशर्त अनुदान बाहेक १ करोड २६ लाख बढी रकम विनियोजन गरी शिक्षालाई प्राथमिकतामा राखेको हँुदा प्रधानाध्यापक लगाय शिक्षकहरुको टिम स्पीरिड आवश्यक हुने बताउदै अली बढी मिहिनेती बन्न अनुरोध गर्नुभयो ।

सो कार्यक्रममा अधिवक्ता तथा पुर्व शिक्षक महेन्द्र पाण्डे, सामाजिक अभियन्ता चक्रब्युह थापा, सामुदायिक वन समन्वय समितिका अध्यक्ष तथा पूर्व प्राधानाध्यापक अमर सिह प्रधान , विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष चोपलाल गिरी, पूर्व विद्यार्थी तथा शिक्षा मन्त्रालयका स्वकीय सचिव पुरन केसी, पदमलाल शाक्य, झविन्द्र ज्ञवाली, प्रेम श्रेष्ठ, रेनुका शर्मा, दोभान प्रहरी चौकीका एक्का बहादुर नेपाली, अस्मिता पाण्डे, आषिश पौडेल, देवी भट्टराई लगायतले विद्यालयको प्रगतिको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षकहरु सन्तोष शेरचन र रविन्द्र पौडेलको सञ्चालनमा सहायक प्रअ भेषराज पोखरेलको स्वागतमा सम्पन्न उक्त समारोहमा प्रधानाध्यापक सूर्य प्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन तथा १ करोड ७१ लाखको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

साथै विगतमा विद्यालयको वार्षिक उत्सव मंसिर २१ मा मनाउँदै आएको र पछि फागुनमा मनाईएको हँुदा अबदेखि फेरि मंसिरमै मनाउने प्रस्ताव र विद्यार्थी भर्ना हँुदा प्रति एक घरका विद्यार्थी भर्ना गर्दा अभिभावकबाट वार्षिकोत्सब शुल्क ५ सय लिने र उक्त रकम वार्षिकोत्सबमा उपस्थित हुने सो घरको अभिभावकलाई भर्पाइ गरी फिर्ता गर्ने प्रस्ताव छलफलका लागि पेश गरी पास गरिएको छ ।
जसले अब वार्षिकोत्सबमा अभिभावकको उल्लेखनीय उपस्थिति हुने बिश्वास गरिएको छ । उत्सवको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys