X

पाल्पाको रैनादेवी छहरामा चितुवा गाउँमा पस्दा स्थानीय त्रसित

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार ०२:५३

भुवन रायमाझी पाल्पा, २२ फागुन । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ५ मा चितुवा गाउँ घरमा आएपछि स्थानीय त्रसित भएका छन् । चितुवाले स्थानीयको दुईवटा बाख्रा समेत खाएको छ । स्थानीय चन्द्र बहादुर खड्काले पालेको बाख्राको खोरमा चितुवा पसेर खोरमै दुई वटा बाख्रा खाए पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पाल्पाको छहरामा चितुवा गाउँमा आएपछि स्थानीय त्रसित भएका हुन् । यस अघि अर्धाखाँचीका विभिन्न स्थानमा चितुवाले घरघरमै गएर मान्छेलाई समेत आक्रमण गर्ने र ज्यान समेत लिएको थियो, पाल्पामा समेत ग्रामिण भेगमा जंगली जनावरको आक्रमण बढेको हो । यसरी घरघरमै आएर बाख्रा खाने, मान्छेलाई समेत तर्साउने गर्दा ग्रामिण भेगका स्थानीय त्रसित बनेको स्थानीय रामबहादुर पौडेलले बताउनुभयो ।

गाउँमा चितुवा अाएर दुख दिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी मुझुङ र जिल्ला वन कार्यालय पाल्पाले चितुवालाई नियन्त्रणमा लिएर जंगलमा छाडेको इलाका प्रहरी कार्यालय मुझुङले जानकारी दिएको छ । पछिलो समयमा गाउँ घरमा चितुवा आंतक बढे पछी स्थानीय बासीले चितुवालाई नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys