X

नागरिकका साझा धारणा अबलम्बन गरेर स्थानीय सरकार लाग्नुपर्छ – सुचना आयुक्त बास्कोटा

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार ०२:४२

सीता डोटेल पाल्पा रामपुर २२ फागुन । स्थानीय सरकारले आम सर्वसाधरण नागरिकका साझा धारणालाई आत्मसाथ गर्दै समृद्ध नेपाल सुखी नेपालीका निम्ति लाग्नुपर्ने बताउनुभएको छ । जबसम्म आम नागरिक सवल हुन सक्दैनन् तबसम्म परिवर्तन नआउने बताउदै राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले भन्नुभयो–हरेक जिम्मेवार व्यक्ति अनुशासित र इमान्दार हुनुपर्छ ।

पाल्पाको रामपुरमा चलेको युवा जागरण प्रशिक्षणमा बोल्दै प्रमुख सुचना आयुक्त बास्कोटाले नागरिकका मन जित्न गफ होइन काम गरेमा सबैको मन मनमा बस्न सकिने बताउनुभयो ।
रामपुर नगरपालिका मानव संशाधन तथा सुशासन समितिको आर्थिक सहयोग र बास नेपाल रामपुरको आयोजनामा भएको कार्यक्रममा उहाँले स्थानीय तहले जनतालाई नियन्त्रण होइन सहजिकरण गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।

एकता नै बल भएकाले द्धन्द्ध र बैमनस्यताले नभई जनप्रतिनिधिले जनता संग मिलेर काम गर्न सकेमा स्थानीय तहले विकासको फड्को मार्ने उहाँले बताउनुभयो । काम गर्ने शिलशिलामा एक दुई व्यक्तिबाट बिरोधका आवाज आएमा त्यसलाई सहजिकरण गरेर सबैलाई समेट्ने गरी स्थानीय निकायका जनप्रतिनिधिले काम गर्नुपर्ने मुख्य सुचना आयुक्त बास्कोटाले बताउनुभयो ।

उहाँले हामी आफुले आफैलाई जाने बुझेका छौ भन्नुभन्दा पनि मुलुकले नै पाल्पाको रामपुरवासी बुद्धि र विवेकशिल छन् भन्ने छाप पार्ने गरी काम गर्न अनुरोध गर्नुभयो । रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरे तर्फ पटक–पटक इंकित गर्दै उहाँले नागरिकको नजिकको सरकारले आत्मियता दिदै सबैलाई मिलेर र मिलाएर समृद्धि तर्पm लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । बास नेपाल रामपुरले प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा, रामपुर नगरपालिकाका मानव संशाधन तथा सुशासन समिति संयोजक तथा वडा नम्बर १ का वडाध्यक्ष मित्रलाल कडेंल र बास नेपाल रुपन्देहीका अध्यक्ष बिजया खत्रीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

बास नेपाल रामपुरका अध्यक्ष बिशाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बास रामपुरका उपाध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको हो भने सचिव बन्दना पोखरेलको सञ्चालनमा कार्यक्रम चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys