शैक्षिक गुणस्तर वृद्धि गर्न निस्दी गापामा तीन दिने तालिम
अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार ११:२१
धनबहादुर ठाडा पाल्पा, २१ फागुन । जिल्लाकाे पूर्वमा रहेकाे निस्दी गाउँपालिकाको सामुदायिक विद्यालयका सरोकारवालाहरुको लागि शैक्षिक गुणस्तर वृद्धि गर्न सकारात्मक सोंच सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
जनता माध्यमिक विद्यालय निस्दी-५, गल्धामा भएको तालिममा निस्दी भित्रका ५४ विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुको सहभागिता रहेको थियोे ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको तालिमको सहजीकरण नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय संजालका अध्यक्ष रामबहादुर राउतले गर्नुभएको थियोे ।