दिवंगत नेकपाका दुई नेताकाे सम्झनामा पूर्वखाेलामा शाेकसभा
अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार ११:१७
रानीमहल पाल्पा, २१ फागुन । पूर्वखोलास्थित उद्धबुद्ध कलेजकाे स्ववियुले पर्यटन नागरिक तथा उड्ययन मन्त्री रबिन्द्र अधिकारी र
पूर्वअर्थमन्त्री भरत मोहन अधिकारीको संयुक्त शोकसभा गरेकाे छ ।
मन्त्री अधिकारी नेपाल सरकारको वाहालवाला मन्त्री ताप्लेजुङ गत फागुन १५ गते दिउँशाे हेलिकप्टर दुर्घाटनामा परी मृत्यु भएको थियाे ।
निधन भएका मन्त्री अधिकारीले विभिन्न क्षेत्रमा र विद्यार्थीहरूकाे हितमा काम गरेकाे भन्दै सम्झना गरिएकाे थियाे । यस्तै पूर्वमन्त्री भरतमोहन अधिकारी मन्त्री हुँदा ग्रामीण क्षेत्रमा विकास निर्माणका लागि बजेट विनियाेजन गरेकाे भन्दै शाेकसभामा बाेल्ने बक्ताहरूले सम्झिएका थिए ।
उद्ध्बुद्ध स्वबियूले गरेको संयुत्त शोकसभामा पूर्वखाेला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागरथी भट्टराइ, उद्धबुद्ध कलेज प्रमुख शुशिल न्यौपाने, नेकपा पूर्वखोला गाउँकमिटी अध्यक्ष देवीप्रसाद पंगेनी लगायतले मनतव्य राख्नुभएकाे थियाे ।
उहाँहरूले दुबैजना रविन्द्र अधिकारी र भरतमाेहन अधिकारी नेपालका सच्चा नेता रहेकाे चर्चा गर्नुभएकाे थियाे । शाेकसभा उद्धबुद्ध स्वबियु सभापति नविन आचार्यको अध्यक्षता र दुर्गा कुँवरको संचालनमा भएकाे थियाे ।