X
0
Shares

अर्गलीमा पहिलो पटक फिजियोथेरापी सेवा सुचारू

अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार १०:२२

रानीमहल पाल्पा, २१ फागुन । सर्वसाधारण नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर राख्दै तानसेन नगरपालिका–१४, अर्गलीमा पहिलो पटक फिजियोथेरापी मेसिन सञ्चालनमा आएको छ ।

अर्गली स्वास्थ्य इकाईले फिजियोथेरापी मेसिनबाट यस भेगका बिरामीका लागि स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । दुई थान फजियोथेरापी मेसिनबाट स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा खुसी ल्याएको छ ।

आधुनिक मेसिनबाट हाड, जोर्नी र नसाहरूको लागि यो निकै फलदायी हुने सञ्चालक कम्पनीका कर्मचारी बालाराम श्रेष्ठले बताउनुभयो । महिला, बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको ५ लाख आर्थिक सहयोगमा फिजियोथेरापी मेसिन सञ्चालनमा ल्याइएको हो ।

पाल्पा, स्याङ्जा गुल्मी र अर्घाखाँची जिल्लाका महिला, बालबालिका तथा जेष्ट नागरिकले फिजियोथेरापी सेवा पाउने समितिका सचिव संजय भट्टराईले बताउनभयो । फिजियोथेरापीका बिरामी यो सेवाका लागि जिल्ला सदरमुकाम तानसेन र बुटबल धाउनुपर्ने बाध्यता मेसिन सञ्चालन पछि हटेको छ । गाउँमा हाडर्जोनी तथा नसाका बिरामीहरू मेसिन सञ्चालन पछि खुसी बनेका छन् ।

तानसेन १४ का वडा ध्यक्ष कमल रानाबाट वडास्तरबाट नै फिजिथेरापी मेसिन सञ्चालनमा आएपछि हाड, जोर्नी र नसाका बिरामीलाई सेवा लिन सहज भएको बताउनुभयो । दैनिक रुपमा थेरापी सेवा लिन तानसेन नगरपालिका प्राविधिक विशाल ओलीले थेरापी मेसिनको प्रयोग गरी लाभान्वित सबैलाई अनुरोध गर्नुभयो ।

पाल्पा विकास मञ्चको संस्थापक अध्यक्ष प्रेम शाहीको पहलमा अर्गलीमा फिजियोथेरापी मेसिन सञ्चालनमा ल्याउनुभएको हो । उहाँले लामो समयको पहलमा मेसिन ल्याउन सफल भएको बताउनुभयो । शाहीका अनुसार तानसेन नगरपालिका–१४, अर्गली गुल्मी र स्याङ्जा जिल्लासँग सीमाना जोडिएका तीन जिल्लाका नागरिकले सेवा लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys