कालिका मावि मुझुङ्काे ५२ औ वार्षिकाेत्सव कार्यक्रम
अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार १०:३२
भुवन रायमाझी पाल्पा, २१ फागुन । पाल्पाको रनादेवी छहरा ५ मुझुङमा रहेको कालिका मावि मुझुङको ५२ औ वर्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
वार्षिक उत्सवकार्यक्रम उद्घाटन गर्न पुग्नु भएका रैनादेवी छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बिद्यालयमा शिक्षकहरु विषयगत शिक्षा भन्दा पनी व्यवहारिक आधुनिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले कालिका माविमा प्राविधिक शिक्षाले ग्रामीण भेगका जनताका छोराछोरीले घरकै आटो खाएर घरमै बसेर प्राबिधिक शिक्षा लिन पाउनु गर्भको कुरा रहेको समेत बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष हुमामन सिंह कार्की स्राेत व्यक्ति झलक रायमाझी विद्यालय पूर्व प्रअ मिन प्रसाद ढकाल, जुद्ध बहादुर कार्की, कोशल राज पौडेल, पूर्व डिआईजी राम बहादुर कार्की लगायतका अतिथिहरूले विद्यालयकाे प्रगति सहित शुभकामना दिनुभएको थियो ।
विद्यालय शैक्षिक र भौतिक पक्ष समेटेर विद्यालयका बारेमा प्रतिबेदन सुनाउदै विद्यालयका प्रअ जर्नादन पान्डेले १ करोड १७ लाख बराबरको आर्थिक प्रतिबेदन सुनाउनु भयो । विभिन्न दाताहरुले निर्माण गरेको अक्षयकोषबाट विद्यालयका शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय कला र संस्कृति झल्कने सालैजौ गीत र नृत्यले विद्यार्थीहरूले मनोरन्जन दिएका थिए । स्थानीय जनप्रतिनिधि, समाजेवी बुद्धिजिवीहरुको उपस्थित रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर पुनको अध्यक्षता तथा बसन्तीको कार्कीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।