X
0
Shares

गुल्मीकाे श्रृङ्गेश्वर रेडियोको दोस्रो बार्षिक उत्सव सम्पन्न

अमृत अधिकारी || २० फाल्गुन २०७५,सोमबार १५:०३

रानीमहल गुल्मी २० फागुन । रेडियो श्रृङ्गेश्वर १०४.४ मेघाहर्ज छत्रकोट ३ गुल्मीले उत्कृष्ट काम गरे बापत दुई संचारकर्मीलाइ सम्मान गरेको छ । रेडियोको दोस्रो बार्षिक उत्सवको अवसर पारी उत्कृष्ट बजार ब्यवस्थापक अमर पन्थ र उत्कृष्ट सम्वाददाताको रुपमा शुर्यनारायण न्यौपानेलाई मायाको चिनोले सम्मान गरेको हो ।

रेडियो श्रृङ्गेश्वरले साेमवार एक औपचारिक कार्यक्रम गरी आफ्नो दोश्रो बार्षिक उत्सव मनाएको छ । कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल पत्रकार महासघ गुल्मीका निवर्तमान अध्यक्ष जनार्दन घिमिरेले ग्रामीण भेगमा संचारको सबैभन्दा भरपर्दो माध्यम रेडियो भएको भन्दै रेडियो श्रृङ्गेश्वरले प्रदेश नम्बर ५ मा संचारको जगतमा उल्लेखनीय भुमिका निर्वाह गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष धातानन्द भुषालले रेडियोलाई लोकप्रिय बनाउन स्थानीय संवाददाताको सबैभन्दा बढी भुमिका रहेको भन्दै संवाददाता नबाचे सम्म रेडियो नबाच्ने बताउनु भयो।

रेडियोका स्टेसन म्यानेजर दामोदर ज्ञवालीले रेडियोले स्थापनाको दोश्रो बर्षमै अपेक्षित सफलता हासिल गरेको भन्दै रेडियोलाई सहयोग सद्भाव पुर्याउनु हुने श्रोता विज्ञापनदाता स्थानीय प्रतिनिधि कर्मचारी सघ सस्था सबैमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ गुल्मीका सदस्य रामकृष्ण कँडेल, प्रेस चौतारी गुल्मीका सदस्य दुर्घा घायल लगाएत विभिन्न जिल्लाका सम्वाददाताहरुको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन सहायक स्टेसन म्यानेजर भुवन भुषालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys