शिवरात्रीको दिन रैनादेवी छहरामा शिव पार्वती भेटिएपछि—–
अमृत अधिकारी || २० फाल्गुन २०७५,सोमबार १४:४७
भुवन रायमाझी फागुर्ण पाल्पा २० फागुन । पाल्पाको पश्चिम भेगमा रहेको शिवालय मन्दिर अमलाबासमा यो वर्ष पनि धुमधामका साथ शिव रात्रि मेला सकिएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा बिहानैदेखि नदी, तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्नेको छहराको अमलाबास मा पनि भीड लागेको थियो।अन्य स्थानको भन्दा पृथक शैलिमा शिव पार्वतीको नाच नन्दी भिरङी नाच नारद लगाएतका कलाकारहरुको जोडदार प्रस्तुति रहेको भएकोले पनि अमलाबासमा शिवरात्रीको दिन बिषिेस मेला लाग्ने गर्छ ।२०५२ सालमा केही अग्रजहरुले सूरुवात गरेर पछिल्ला वर्षमा या मन्दिरमा बिभिन्न सास्कृर्तीक कार्यक्रम सहित मेला लाग्ने गर्छ।
बजारको बिचमा रहेको मन्दिरमा बिहानै देखि पुजाआज गरि शिवपार्वतीको रथलाई बजार बाट हानिठाना डाडा,मोठ हुदै भेरव मावि सम्म नाचगान भजन कृतन सगै रथ परिक्रम गर्ने चलन छ ।रथ मन्दिरमा भित्राय पछि शिव पार्वर्तीको बिषेस नाच हुने गर्छ ।यो मेला हेर्नको लागी सदरमुकाम तानसेन मुझुङ छहरा भुवनपोखरी सोमादी फेक लगाएतका वडा संगै छिमिकी जिल्ला गुल्मी रअर्घाखाची बाट समेत यो मन्दिरमा दर्शन गर्न आउने गरेको छन ।