X
0
Shares

आठौं राष्ट्रिय खेलकुदकाे प्रदेश स्तरीय पुरुष भलिबल छनाैट सम्पन्न

अमृत अधिकारी || २० फाल्गुन २०७५,सोमबार १४:३५

दिल बहादुर गाहा, बर्दिया २० फागुन आठौं राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पाैरख आफ्नै देशमा भन्ने मुल नाराका साथ यही फागुन १७ गतेदेखि शुरु भएकाे प्रदेश न ५ स्तरीय पुरुष भलिबल छनाैट प्रतियाेगिता बर्दियाकाे भुरिगाउँमा साेमबार सम्पन्न भएकाे छ ।

प्रदेस न ५ का १२ वटै जिल्लाका टिमहरु सहभागी भएकाे उक्त प्रतियाेगितामा रुपन्देही जिल्लाले गुल्मी जिल्ला लाई साेझाे सेटमा हराउँदै प्रथम, गुल्मी जिल्ला दाेस्राे र पाल्पा जिल्ला ले राेल्पा जिल्ला लाई २ / १ सेटले पछि पार्दै तृतीय स्थान प्राप्त गरेको छ ।

नकआउट चरणमा कपिलवस्तु जिल्लाले गुल्मी जिल्ला लाई हराए पनि गुल्मी जिल्ला ले कपिलवस्तु जिल्ला लाई प्रदेस न ४ अन्तरगत स्याङ्जा जिल्लाका खेलाडी समाबेश गरी आफुलाई हराएकाे भन्ने उजुरी निर्णयाक कमिटीमा राखेपछि उजुरीको सुनुवाइ गर्दै कपिलवस्तु जिल्लालाई खेलबाट आउट गर्दै पुनः गुल्मी जिल्ला लाई वाक ्आेभर दिदै फाइनलमा प्र वेश दिएको थियो ।उक्त छनाैट प्रतियाेगितामा राम्रो खेल प्रर्दशन गर्ने खेलाडी हरु बाट १२ सदस्यीय प्रदेश न ५ स्तरीय भलिबल टिम छनाैट गरेकाे छ।

जस अन्तरगत अाेपनस्पाईकरमा प्रताप खवास रुपन्देही ,कमल गहतराज रुपन्देही ,दिपेन्द्र श्रेष्ठ गुल्मी , मनिराम चाैधरी बाके कुईकरमा महेन्द्र चाैधरी रुपन्देही , हरि घर्ती मगर रुपन्देही हिमाल सुनारी पाल्पा ,माैसम कुवर गुल्मी अलराउन्डर मा थमन खत्री रुपन्देही सेटरमा लाेकेन्द् भण्डारी रुपन्देही ,बादल हमाल गुल्मी र लिब्राे प्रबिन सारु रुपन्देही रहेका छन।

मध्य पश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य रिता काेइराला काे अध्यक्ष्ातामा भएकाे समापन कार्यक्रममा प्रमुख अतिथि ठाकुर बाबा नगरपालिका बर्दिया का प्रमुख घन नारायण श्रेष्ठले प्रथम, दितिय र तृतीय हुने टिम तथा खेलाडीहरु लाई प्रमाण पत्र, मेडल बितरण गर्नुभएकाे थियो ।

बर्दिया जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख महेस चन्द काे सञ्चालनमा भएको कार्यक्रममा खेलकुद बिकास समिति बर्दिया का अध्यक्ष खगेन्द्र खनालले कार्यक्रम सफल पारेको मा सबै लाई धन्यवाद दिनु भएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys