चिदीपानीमा नेकपाको संगठन पुर्नगठन
अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार १४:३८
विकास काफ्ले पाल्पा १९ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को माथागढी गाउँपालिका वार्ड नम्बर १ चिदीपानीमा संगठनको पुर्नगठन गरेको छ ।

पुनः गठित समितिमा डुकुल बहादुर गाहाको अध्यक्षतामा वार्ड कमिटी निर्माण गरिएको छ ।कमिटिको सचीवमा रामप्रसाद तिमिल्सिना रहनुभएको छ । भने भेलाले २३ सदस्यीय गाउँ कमिटी र १५ सदस्य सल्लाहकार समिती समेत छनौट गरेको छ ।
कार्यक्रममा नेकपाका नेता तथा प्रदेश सांसद नारायण आचार्य रहनुभएको थियो । उहाँले भौगोलिक हिसाबले अत्यन्तै अपाएक वार्ड चिदीपानीलाइ सुगम वार्डको रुपमा अगाडि बढाउन आफू लागिपरेको बताउदै गोतामेघाट खोकखोला फेदी मोटरबाटो,अलैंचीगैरा लिफ्ट खानेपानी आयोजना, बधवारी पक्की पुल,खहरे दोहोरा हुमिनी जोड्ने मोटरबाटो लगाएतलाइ यसै आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र त्यसको काम अगाडि बढाइएको बताउदै धैरेनी भुटुके चारघरे जाउपोखरा लगायतका ठाउमा समेत खानेपानी मोटरबाटो विद्युत लगायत का योजना आगामी बर्षमा बिनियोजन गर्न आफू पहल गरिरहेको बताउनुभयो ।
अहिले जनताको अपेक्षा अनुसार आफू काम गर्न निरन्तर लागेको बताउदै जनस्तरमा पनि बिकास निर्माणका एकजुट हुनुपर्ने आचार्यको भनाइ छ ।
कार्यक्रममा समानुपातिक साम्सद रमा घर्ती,जिल्ला कमिटी सदस्यहरु बिमल काफ्ले, राजकुमार पन्थी, अर्जुन रेग्मी, हरी चौहान, सन्तोष भट्टराई लगायतले पार्टीको चुनावी प्रतिबद्धताको आधारमा बिकास र समृद्धि लाई आधार बनाइ सरकार लागि परेको बताउदै जसलाई सार्थक रुप दिन नेता कार्यकर्ता र जनता लाग्नुपर्ने उहाहरुको भनाइ छ ।
कार्यक्रममा पूर्णबहादुर सारुको स्वागत सोमबहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको थियो