X
0
Shares

तिनाउँको कोल्डाँडामा बाख्रापालन सम्बन्धि तालिम

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार १४:२४

रानीमहल पाल्पा, १९ फागुन । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाँडामा बाख्रापालन सम्बन्धि तालिम सकिएको छ ।
३ दिन सम्म चालेको बाख्रापालन र व्यवस्थापन सम्बन्धि तालिममा कोल्डाँडाका ३० जना बाख्रापालक कृषकहरुको सहभागिता रहेको थियो । तालिममा तिनाउँ गाउँपालिकाका पशुशाखा प्रमुख सतिश रसाइली र प्राविधिक हरी सुवेदीले सहजिकरण गर्नुभएको थियो ।


तालिममा बाख्रापालनको अवस्था, महत्व, बाख्रामा लाग्ने रोग, उपचार विधि, बजार व्यवस्थापन, दानापानी लगायतका विषयमा किसानहरुलाई सहजिकरण गरिएको थियो ।


तालिम लिएका किसानलाई १० हजारका दरले खोर सुधारमा अनुदान दिइने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले रानीमहललाई बताउनुभयो । उहाँले गाउँमा कृषि, पशुपालन गर्ने किसानलाई गाउँपालिकाले विशेष सहुलियत र अनुदान दिदै आएको समेत बताउनुभयो ।


समूहका अध्यक्ष चन्द्रा आलेको अध्यक्षतामा भएको तालिममा प्रमुख ओमबहादुर घर्ती मगर, वडा अध्यक्ष दलबहादुर दर्लामस्, वडा सदस्य हस्तबहादुर आले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन गाउँपालिकाका कृषि शाखा प्रमुख सतिस रसाइलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys