X
0
Shares

तिनाउँमा खानीजन्य पदार्थको उपयुक्त निकासका विषयमा छलफल

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार १४:१५

रानीमहल पाल्पा, १९ फागुन । जिल्लाका तिनाउँका जनप्रतिनिधि टिप्पर व्यवसायी र चुनढुंगा खानी संचालक र धुलोबाट प्रभावित स्थानीयका बिचमा अन्तरक्रिया कार्यक्रम तिनाउँ गाउँपालिकामा सम्पन्न भएको छ ।


तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलाराम घर्तीले खानी तथा खनिज पदार्थको व्यवस्थित गर्न बनेको ऐन कानूनले पूर्णता पाएपछि यिनीहरुको उचित व्यवस्थापन गर्नका प्रदेश सरकारले काम गरेको बताउनुभयो । उहाँले आफूले जिल्लाका खानी खनिजको अधिकतम उपयोग हुने र स्थानीयले लाभ पाउने गरी काम गर्ने समेत बताउनुभयो । उहाँले खानीको कारणले उत्पन्न धुलोजन्य समस्या र उचित पारिश्रमिक नपाएको टिप्पर चालकको गुनासो तत्काल खानी संचालकले सम्बोधन गर्नुपर्ने प्रमुख अतिथि घर्तीले बताउनुभयो ।


टिप्पर व्ययवसायी संघका महासचिव तोया लम्सालले इन्धनको मूल्य बढ्दै जाने तर टिप्परको भाडा घट्दै जाने गरेकोले व्यवसायीहरु मारमा परेको बताउनुभयो । उहाँले खानी संचालकले समय अनुसारको भाडादर कायम गर्न समेत माग गर्नुभयो ।


तिनाउँको वातावरणीय प्रभाव विरुद्धको संघर्ष समितिका संयोजक दिलकुमारी रोकाले टिप्पर र खानीका कारण स्थानीयलाई वातावरणीय समस्या, स्वास्थ्य समस्या बढ्दै गएकोले वातावरणीय संरक्षणमा ध्यान दिन सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले बढ्दो प्रदुषण, गति समित नभए स्थानीयहरुले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


कार्यक्रममा तिनाउँ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्ष दानबहादुर गाहा, रोमबहादुर लम्तरी, दलबहादुर दर्लामीले आफ्नो धारणा राख्नुभएको थियो । वडा नं. ३ का वडा अध्यक्ष प्रेम पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रम गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले गर्नुभएको थियो ।


खानी संचालकले आधिकारीक व्यक्ति नपठाइ एजेन्ट मात्र पठाएकोले पुनः छलफल गर्ने निर्णय भएको पालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले रानीमहललाई जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत र साधनको उपयुक्त संरक्षण सहित आन्तरिक आय वृद्धिमा पालिकाले काम थालिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys