X

पाल्पाकाे अम्लिहान पुल निर्माण तीव्र गतिमा, ५० प्रतिशत काम सकियाे

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार ११:४६

रानीमहल पाल्पा, १९ फागुन । जिल्लाको महत्वपूर्ण सडकको रुपमा रहेको बाँसटारी– दमकडा-सराइ- झडेवा सडकखण्डको अम्लिहानमा बन्दै गरेको पुलको कामले तीव्रता पाउँदा सर्वसाधारण खुसी भएका हुन् । निर्माण पक्षले पुल निर्माणको काम सुरु गरेको चार महिनामै ५० प्रतिशत काम सकिएको जनाएको छ ।

एक वर्षको अबधिमा सक्ने गरी जिल्ला प्राविधिक कार्यालय पाल्पाले एमएस रसुवा कन्ट्रक्सन प्रालिलाई पुल निर्माणको ठेक्का दिएको थियो । ठेकेदारसँग पुल निर्माण गर्न २०७५ असार २४ गते सम्झौता भएपनि वर्षातपछि २०७५ असोज महिनाको अन्तिम सातादेखि मात्र पुल निर्माणको काम सुरु भएको थियो ।

पुलको काम सुरु गरेको चार/पाँच महिनाकै अबधिमा ५० प्रतिशत काम भईसकेको जिल्ला प्राविधिक कार्यालय पाल्पाले जनाएको छ । एक वर्षभित्रै पुलको काम नसकिए यस क्षेत्रका हजारौँ स्थानीय बासिन्दालाई आवतजावतमा समस्या हुने भएकाले तोकिएको अबधिभित्र काम सक्ने गरी निर्माणले तीव्रता पाएको जिल्ला प्राविधिक कार्यालय पाल्पाका इन्जिनियर प्रेम बस्यालले बताउनुभयो ।

पाल्पा जिल्लामै नयाँ प्रविधि अन्तगर्तको पुल भएकाले हिउँदे मौसमले साथ दिए समयमै पुल निर्माण हुने उहाँले बताउनुभयो । विश्व बैँकको सहयोगमा एसएनआरटिपी कार्यक्रम अनुसार बाँसटारी–दमकडा–सराई–झडेवा सडकखण्डको तिनाउ नदीको अम्लिहानमा पुल बनाउने सम्झौता अनुसार आगामी २०७६ असार मसान्तसम्ममा पुल निर्माणको काम सक्नुपर्नेछ ।

कुल ६ करोड ४३ लाख ७३ हजार रुपियाँमा पुल निर्माण गर्ने सम्झौता २०७५ असारमै भएको थियो । पुल बनेपछि यस क्षेत्रका माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन नगरपालिकाका हजारौँ मानिसहरू लाभान्वित हुनेछन् । पुल नहुँदा बाँसटारी–सराई–झडेवा सडकखण्डमा पर्ने तिनाउ नदीमा पुल नहुँदा वर्षात्को समयमा यात्रुहरूलाई आवतजावत गर्न समस्या भएको थियो ।

निर्माण कम्पनी पनि सम्झौता भएको अबधिमै काम सक्ने गरी दिनरात काममा लागेको निर्माण पक्षले जनाएको छ । पुलको काम समयमै सक्ने गरी द्रुत गतिमा काम भईरहेको छ निर्माण कम्पनीका प्रतिनिधि अनिल सिल्वालले भन्नुभयो अहिलेसम्म ५० प्रतिशत काम भईसकेको छ ।

दैवीप्रकोप जस्ता समस्या नभए आगामी २०७६ जेठ १५ सम्ममा पुल निर्माणको सबै काम सक्ने गरी दिनरात काम भईरहेको छ उहाँले थप्नुभयो । निर्माण सम्झौता अबधिमै काम नसकिए भुक्तानीमा समेत समस्या पर्न सक्ने भन्दै निर्माण व्यवसायीले छिटोभन्दा छिटो काम सक्ने गरी दिनरात खटेको छ ।

नेपालमै नयाँ प्रविधिको पुल समयमै सम्पन्न हुने स्थानीय बासिन्दामा समेत विस्वास छ । पुलको डिजाइन माथिल्लो भाग प्रिस्टे«स अनुसार र तल्लो भागमा पाइल फाउण्डेसन बनाएर काम भईरहेको छ । तीन वर्षअघि यही पुलमा जीप बगाउँदा ४ जना मानिसको ज्यान गएको थियो ।

पुल निर्माणकाे नियमित अनुगमन प्रदेश ५ सरकार, जिसस पाल्पालगायतका सरकारले निरन्तर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys