X
0
Shares

पाल्पामा जथाभावी खानी उत्खनन्, प्राकृतिक स्राेत र वातावरण प्रदुषण तीव्र

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार १०:५९

रानीमहल पाल्पा, १९ फागुन । जिल्लाको माथागढी गाउँपालिका र पूर्वखोला गाउँपालिका अन्तर्गत पर्ने साविकको झडेवा, देवीनगर र जल्पा गाविसमा जथाभावी रुपमा कोइला उत्खनन् भएको छ । कोइला परीक्षणको नाममा उक्त स्थानहरूबाट विगत सात वर्षदेखि कोइला उत्खनन्को हुँदा प्राकृतिक तथा वातावरणीय रुपमा असर गरेपछि स्थगानीय बासिन्दाले कोइला उत्खनन् रोक्न चेतावनी दिएका छन् ।


पाँच/सात वर्षअघि खनेको कोइला खानी क्षेत्रमा जहाँतहीँ पहिरो जान थालेको र जमिन भाँसिन थालेको भन्दै यहाँका स्थानीय बासिन्दा त्रसित बनेका छन् । कोइला खानी क्षेत्र कहाँसम्म हो, कति परिणाममा कोइला उत्खनन् गर्ने हो ? त्यस विषयमा स्थानीय बासिन्दाले अनविज्ञता प्रकट गर्दै कोइला तत्काल उत्खनन रोक्न भनेका हुन् ।

महालक्ष्मी कोल प्रालिले खानी विभागबाट उत्खनन्का लागि स्वीकृति पाएको भन्दै विगतदेखि नै यहाँका विभिन्न स्थानबाट हरेक वर्ष हजारौँ टन कोइला निकासी गरिरहेको छ । वन तथा पहाडका खोच क्षेत्रमा लामो सुरुङ् खनेर कोइला उत्खनन् निरन्तर भएपछि स्थानीय बासिन्दा मानिस बसेका बस्तीमा समेत असर गर्न सक्ने भन्दै त्रसित बनेका हुन् ।


स्थानीय बासिन्दालाई जानकारी नदिई जथाभावी कोइला उत्खनन् गरेको र प्राकृतिक तथा वातावरणीय असर गरेको स्थानीय प्रभावित क्षेत्रका बासिन्दाले आरोप लगाएका छन् । उक्त प्रालिले थपनडाँडा, मुन्टुङ काफलडाँडा, मार्सीडाँडा, उड्डाँडा, सिमल्दी, चिर्तुङ्, झडेवाको देवगीर, मकले, पिपलडाँडा र जल्पाको विभिन्न स्थानबाट २०६७/०६८ देखि कोइला उत्खनन् गरिरहेको उनीहरूको भनाई छ ।


कोइला खानीबाट जथाभावी कोइला निकाल्दा तिनाउ नदी र निस्दी नदीको मुहानमा असर गरेको पाल्पा माडी क्षेत्र हुमिनका स्थानीय बासिन्दा विष्णु सिग्देलले बताउनुभयो । जथाभावी कोइला उत्खनन् गर्दा खानीबाट आएको हानिकारक रसायनले माडी फाँट, पूर्वखोला फाँटमा लगाएको खेतीमा असर गरेको सिग्देलको दावी छ ।

कोइला उत्खनन् क्षेत्रका बासिन्दालाई थाहा नै नदिई जथाभावी कोइला उत्खनन् गर्दा बाढी पहिरोको जोखिम बढेको स्थानीय बासिन्दा लक्ष्मण रायमाझीले बताउनुभयो । कोइला निकासीको अनुमति पाएको भन्दै ठेकेदारले जथाभावी कोइला निकासी गरेर प्राकृतिक प्रकोपको जाखिम तिम्त्याएको भन्दै उहाँले सरकारले तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।

तर महालक्ष्मी कोलका प्रतिनिधि केशव दाहालले भने आफूहरूले १० वर्षका लागि कोइला उत्खनन् गर्न अनुमति पाएको भन्दै उत्खनन्को कार्य नराकिने बताउनुभयो । उहाँले प्रक्रिया पूरा गरेर त्यस क्षेत्रमा कोइला उत्खनन् गरेका भन्दै स्थानीय बासिन्दालाई उत्खनन्का बारेमा जानकारी दिन नपर्ने बताउनुभयो ।

स्थानीय बासिन्दाले भने कोइला उत्खनन्मा जथाभावी गरेर वातावरणीय असर पु¥याएको दावी गरेका छन् । खानी विभागबाट स्वीकृति पाएको भनेपछि यहाँका स्थानीय तहले समेत कोइला खानी जथाभावी उत्खनन्का गरेपनि कारबाहीको कुनै कदम अगाडि बढाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys