X

न्यु हाेराइजनकाे विद्यार्थी बाेकेकाे भ्यान दुर्घटना, ७ जना घाइते

अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार ०७:३१

रानीमहल पाल्पा, १९ फागुन । तानसेनस्थित न्यु हाेराइजन माविमा अध्ययनरत विद्यार्थी बाेक्ने जीप दुर्घटना भएकाे छ । आइतबार बिहान तानसेन नगरपालिका–४ होलाङ्गदीमा हाेइराजनमा अध्ययन् गर्ने विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा सात जना विद्यार्थीहरू घाइते भएका छन् ।

तानसेन बजारबाट काजिपौवामा रहेको विद्यालयतर्फ जाँदै गरेको लु १ च ७९४९ नम्बरको भ्यान बिहान सवा ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । हाेराइजनकाे विद्यार्थी बाेक्ने भ्यानमा क्षति पुगेकाे छ ।

पाल्पा प्रहरीका प्रहरी निरीक्षक वासु नेपालका अनुसार दुर्घटनामा परेर ७ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूकाे उपचार अहिले तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा भइरहेकाे छ ।

प्रहरीका अनुसार घाइते विद्यार्थी र चालकको अवस्था सामान्य छ । विपरीत दिशाबाट तानसेनतर्फ आइरहेको गाडीलाई साइड दिने क्रममा भ्यान नालीतर्फको ढिकमा ठोकिएको प्रहरी निरीक्षक नेपालले जानकारी दिनुभयाे ।

पछिल्लाे समय पाल्पामा विद्यालयका विद्यार्थी बाेक्ने सवारीसाधन बारम्बार दुर्घटना हुन थालेपछि अभिभावक भने चिन्तित बनेका छन् । जिल्लाका सरकारी तथा नीजि विद्यालयले विद्यार्थी बाेक्ने सवारीसाधन थप्ने क्रम बढेकाे छ । याेसँगै मापदण्ड अनुसारका सवारीसाधन नहुँदा, सवारी अत्याधिक हाक्दा र ताेकिएकाे सीट क्षमताभन्दा बढी विद्यार्थी बाेक्ने जस्ता लापरबाहीले दुर्घटना बढेकाे अभिभावककाे चिन्ता छ ।

यस्तै पाल्पामा लुम्विनी मेडिकल कलेज प्रभास लगायतका स्वास्थ्य तथा शैक्षिक संस्थाकाे सवारी अत्याधिक गतिमा हाक्ने गरेकाे गुनासाे बढेकाे छ । हतारमा धेरै स्थानका यात्रु बाेक्नुपर्ने बाध्यताले सवारीकाे गति अत्याधिक हुने र अन्य साना सवारीलाइ मिचेर विद्यार्थी बाेकेर शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाकाे सवारी हाक्ने गरेकाे पाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys