X
0
Shares

सिद्धबाबा खण्ड गीत बजारमा चर्चा कमाउँदै (भीडियाे सहित)

अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १४:२३

रानीमहल पाल्पा, १८ फागुन । पाल्पाली गायक कमल भट्टराईको नयाँ पाल्पा वुटवल सडक खण्डलाई लिएर वनाएको विकास मन्द मन्दको भिडियो बजारमा सार्वजनीक भएको छ । बुटवल–पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकलाई धेरैले ‘मृत्युमार्ग’को रुपमा चिन्ने गरेका छन्् । हुन पनि हो यहाँ वर्षेूनी यात्रुहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

घाम वा पानी, हिउँद वा वर्षा जुनसुकै वेला ढुंगे पहिरो खस्ने गरेको छ । गाडी च्याप्ने, बगाउने । यो सडकखण्डमा यात्रा गर्नेहरु भगवानलाई सम्झेर यात्रा गर्न बाध्य छन् । त्यही विषयलाई यथार्थमा उतारदै पाल्पाली लोक गायक कमल भट्टराईले नेताज्यूहरुलाई प्रश्न गर्दै गीत नै बनाएका छन् । विकास मन्द मन्द, ए नेता ज्यू विकास मन्द मन्द कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड? यो गीतमा सिद्धबाबा सडकखण्डमा यात्रा गर्नेले अनायासै ज्यान गुमाउनुपरेको यथार्थता देखी बाध्यताले यात्रा गर्नुपरेको कुराहरुलाई उठान गरिएको छ । त्यतिमात्र होइन् सिद्धबाबा सडक नबन्दा पाल्पा, गुल्मी, स्याङजा जिल्लाको विकासमा समेत बाधा पुगिरहेको बताईएको छ ।

यो गीतमा गायक कमल भट्टराई र ममता कोइरालाले स्वर दिएका छन् । शब्द र संगीत कमल भट्टराइकै रहेको छ । नेपालकै चर्चित छाँयाकन तथा निर्देशक मनिष पन्तको निर्देसन र छाँयाकनमा बनेको भिडियो गीतको यर्थातलाई चित्रण गर्दे बनेको छ । भिडियोमा संचार कर्मी तथा चर्तित मोडल कृष्ण बाबु पाण्डेय र प्रिया भण्डारी को वोजोड अभिनय रहेको छ । साथमा गायक कमल, ममता, कलाकार विजय बम्डेल लगायतले अभिनय गरेका छन् । भिडियो बुलबुल मिडिया प्रा.लिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत र भिडियो दुवै समय सान्र्दभिक र यर्थातलाई देखाउदै सिधा प्रश्न नै नेता ज्यूहरुलाई गरि वनाइएको हुनाले आम सर्वसाधारण लगाएत सम्पूर्ण देश विदेशमा रहनुहुने दर्शकहरुले गीत मन पराइदिनु हुने छ भन्ने आशा गायक कमल भट्टराईले लिएका छन् । सुमन कार्की र विकास काफ्लेकाे सहयाेगमा

हेर्नुहाेस भिडियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys