X
0
Shares

भक्तजनको सुविधाको लागि सिद्धबाबामा धार्मिक बससेवा सुरु

अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १४:१२

रानीमहल पाल्पा, १८ फागुन । जिल्लाको प्रवेश नाकाको रुपमा रहेको सिद्दबाबा मन्दिर बिकास समितिले यहाँ आउने भक्तजनको सुविधाको लागि धार्मिक बस सञ्चालनमा ल्याएको छ । मन्दिरमा दर्शनका लागि पुग्न चाहने धार्मिक पर्यटकहरुलाई लक्षित गरी निःशुल्क बस सेवा सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।


गत वर्षको महाशिवरात्रीबाट बचत भएको रकममा अन्य श्रोतबाट थपथाप गरेर २९ लाख ५० हजार रुपैयाँमा समितिले नयाँ बस खरिद गरेर सेवा सुरु गरेको हो ।
समितिको बसले शनिबारदेखि बुटवल र आसपासबाट मन्दिरसम्म आउनेजानेहरुलाई निःशुल्क सेवा दिन सुरु गरेको छ, अध्यक्ष गुरुङ्गले भन्नुभयो, भक्तजनलाई मन्दिरमा आउनको लागि सार्वजनिक बसमा यात्रा गर्दा असहज भएकोले मन्दिरको आफ्नै बस सेवा सुरु गरिएको छ ।


हरेक दिन बिहान ५ बजे बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको सीमा क्षेत्र योगिकुटीबाट पहिलो बस छुट्नेछ । त्यसपछि टाफिकचोकबाट प्रत्येक एक घण्टाका फरकमा मध्यान्ह १२ बजेसम्म बस छुटने व्यवस्था मिलाइएको मन्दिर बिकास समितिका सदस्य तोया लम्सालले जानकारी दिनुभयो ।

मन्दिर विकास समितिले सुरु गरेको धार्मिक बसमा भक्तजन तथा पर्यटकले गाडी भाडा तिर्नुपर्ने छैन ।

बसमा भजन कृतन र सिद्धबाबा मन्दिरसहित धार्मिक प्रवचन श्रवण गर्ने व्यवस्था मिलाईएको छ । आवश्यकता अनुसार थप बस ल्याउने सोच रहेको समिति तिनाउ गाउँपालिका वडानम्वर ३ का वडाअध्यक्ष प्रेम पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिकाले समेत पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गरेकोले बस सेवाले आन्तरिक तथा बाह्य प्रर्यटक संगै धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys