X
0
Shares

रामपुरकाे मिनी फेवातालमा ५ दिने शिवरात्री विशेष मेला

अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १३:५६

सीता डोटेल पाल्पा १८ फागुन  ।  मिनी फेवातालकाे रुपमा विकास हुँदै गएकाे रामपुरको तालपोखरा संरक्षण समितिले आयोजना गरेको विशेष महाशिवरात्री मेलासुरु भएको छ । रामपुरको मुख्य पहिचानको रुपमा विकास भएको तालपोखराम शिवरात्री पर्वको अबसर पारेर मेलाको आयोजना गरेको हो ।

‘‘रामपुर विकासको आधार तालपोखरा पर्यटनको पुर्वाधार’’ भन्ने नाराका साथ ५ दिने मेला शुरु भएको हो । मेलाका ५ दिन नै फरक फरक किसिमका कार्यक्रम तालपोखरा संरक्षण समितिले राखेको छ । मेलाको पहिलो दिन विहिबार तालपोखरामा खुल्ला सामुहिक डुङ्गा दौड प्रतियोगिता भएको छ ।

तालपोखरा संरक्षण समिति रामपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तालपोखराले रामपुरलाई चिनाउन सफल भएको बताउनुभयो । हामीले बढो मेहनतले तालपोखरा शुरु ग¥यांै थापाले भन्नुभयो– यसको संरक्षण र प्रवद्र्धनका लागि हामी नै मिलेर लाग्नुपर्छ । तालपोखराका विविध संरचनाका लागि नियमित सहयोग जुटेकाले अब यहाँ आएका पर्यटकलाई टिकाई राख्न थप मेहनत स्थानीय गर्नुपर्ने उहाँको भनाई थियो ।

तालमा डुङ्गा प्रवेश द्धारमा रिवन काटेर नेपाल सरकारका पूर्व सचिव शान्त बहादुर श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै अब तालपोखराले कालीगण्डकी उपत्यकाको विकासमा फड्को मारेको बताउनुभयो । उहँोल नजिकका धार्मिक तथा पर्यटकीय स्थलहरु मिलेर थप रामपुरका अन्य संरचना सुधार र बाह्य पर्यटक आउने वातावरणको विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारको १०० गन्तव्यमा पर्न सफल तालपोखरामा पहिलो पटक भएको सामुहिक डुङ्गा प्रतियोगितामा ११ समुहले भाग लिएका थिए ।

प्रतियोगितामा मुल गेट प्रवेश गरेसँगै विचको मन्दिरमा जाने डुङ्गा सञ्चालन गेटबाट शुरु गरेको डुङ्गा तालको विचमा रहेको मन्दिर परिक्रमा गरेर आउनुपर्ने रुट बनाइएको थियो । निर्धारित दुरी दुई मिनेट २३ सेकेण्डमा पार गर्दै किशोर देवकोटा, ठाकुर खनाल, पूर्ण चन्द्र देवकोटा र भगवान देवकोटाको टोली प्रथम हुन सफल भएको छ ।

प्रथम समुहले नगद १० हजार प्राप्त गरेको छ । त्यस्तै नारायण भण्डारी, रामचन्द्र भण्डारी, हरि भण्डारी, केशव भण्डारी र माधव भण्डारीको समुहले २ मिनेट २३ सेकेण्ड ८१ मिमि सेकेण्डमा पार गर्दै द्धितिय भएको थियो । तृतिय २ मिनेट २८ सेकेण्ड १२ मिमि सेकेण्डमा दुरी पार गर्दै पविन भण्डारी, श्रीकृष्ण भण्डारी, विक्रम घर्ती र अमृत भण्डारीको समुह हुन सफल भएको थियो । विजयी समुहले क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् । मेला अन्तर्गत शुक्रबार नृत्य सहित साझँ बालन नाच देखाइनेछ ।

शनिवार राष्ट्रिय कलाकारको प्रस्तुति सँगै एकल नृत्य प्रतियोगिता समेत भएकाे छ भने आइतवार भजन गायकहरुद्धारा भजन कृतन सञ्चालन हुनेछ । त्यस्तै मेलाको अन्तिम दिन सोमवार शिवरात्रीका दिन कलश यात्रा, भजन पुजापाठ सहित पुरस्कार वितरण र समापन कार्यक्रम हुने तालपोखरा संरक्षण समितिका सचिव सुनिल प्रसाद देवकोटाले बताउनुभयो । मेलाको पूर्व सन्ध्यामा विहिबार सुरक्षा बेस क्याम्प रामपुरका नेपाली सेनाको टोलीले तालपोखरा परिसरको सरसफाई गरेका थिए । मेलालाई मध्यनजर गर्दै प्रशासनले शसस्त्र प्रहरीको टोली तालपोखरा क्षेत्रमा खटाएको छ भने नेपाल प्रहरीले पनि सुरक्षा दिनेछ ।

गतबर्ष ५ दिने पुजा पाठ सहित शिवरात्रीका दिन मन्दिरमा मुर्ति भि¥याएर तालपोखरामा पुजापाठका लागि मन्दिर खुला तथा तालमा डुङ्गा सञ्चालनमा ल्याइएको थियो । तालपोखरा संरक्षण समितिले बर्षेनि शिवरात्रीमा मेलाको रुपमा बार्षिकउत्सवलाई लिदै कार्यक्रम गर्ने जनाएको छ ।

तालपोखरामा हाल ठूलो बोट २, काठको डुङ्गा २ र आफैले खुट्टाले चलाएर शेयर गर्न मिल्ने गरि ५ डुङ्गा रहेको समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो, प्रतियोगीतामा ठूलो प्लास्टिकको वोट प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys