X

रामपुरकाे नवदुर्गा माविमा ४ कोठे पक्की भवनको शिलान्यास

अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १३:२४

सीता डोटेल पाल्पा १८ फागुन । नवदुर्गा मावि तिलकपुर रामपुरमा राष्ट्रिय पुर्न निर्माण प्राधिकरणको ४ कोठे पक्की भवन निर्माण हुने भएको छ ।

विद्यालय भवनको शिलान्यास गर्दै नेपाल सरकारका पुर्व शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले प्राविधिक शिक्षामा अबको युग जानुपर्ने बेला भइसकेको बताउनुभयो । राम्रो शिक्षा भए देश तथा विदेशमा पनि बिक्न सकिन्छ शिक्षा सचिव श्रेष्ठले भन्नुभयो– उपयुक्त विषय छनौट गरी प्राविधिक शिक्षाबाट स्कुललाई अगाडी बढाउनुपर्छ । कालीगण्डकी बेशीमा केही प्राविधिक बिषयको पढाई शुरु भइसकेकोले अब उपयुक्त प्राविधिक बिषय छनौट गरी दक्षशक्ति यही उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । १ घर १ प्राविधिक उत्पादनले गरिवी हट्छ श्रेष्ठले भन्नुभयो–‘‘स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षामा यस क्षेत्रमा अलि काम गर्नुपर्ने आबश्यकता खड्किएको छ, ।

स्वास्थ्यबाट ६ वटा प्राविधिक बिषयको विकास गर्न सके यहाँका नागरिकमा प्राविधिक शिक्षामा थप टेवा पुग्ने उहाँको भनाई छ । सोही अबसरमा विद्यालयका संस्थापक सदस्य देवराज ढकाल, आधारभुत माबिका अध्यक्ष कमलराज भट्टराई, वडाध्यक्ष हुमनाथ न्यौपानेले विद्यालयको भवनले विद्यार्थीमा शिक्षाको गुणस्तर थप गर्न मद्धत पु¥याउने बताउदै समयमा नै विद्यालय भवन निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको ७० लाख सहयोगमा ४ कोठे २ तले पक्की भवन बन्ने विद्यालयका प्रध्यानध्यापक भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठानेश्वर अधिकारीको अध्यक्षता, भवन निर्माण समितिका अध्यक्ष घनश्याम खनालको स्वागत तथा विद्यालयका शिक्षक कोमलचन्द्र कडेंलको सञ्चालनमा कार्यक्रम भएको हो । पंण्डित तुल्सीराम भण्डारीले बैद्धिक विधि अनुसार पाठ गरेर भवन शिलान्यास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys