पूर्वखोला सिलुवाको स्वस्थ्य शिविरमा ४ सय २७ जनाले सेवा लिए
अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १३:१३
डिल्लीराज पंगेनी पाल्पा, १८ फागुन । जिल्लाको पूर्वखोला– १ सिलुवामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय २७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

पूर्वखोला गाउँपालिकाको आयोजना, गोरखदल गण तानसेनको सहकार्य र स्वास्थ्य कार्यालय पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पाको प्राबिधिक सहकार्यमा शिविर चलाइएको थियो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँका जनतालाई स्वास्थ्य समस्याबारेमा जानकारी दिन र उनीहरुको स्वास्थ्यप्रतिको चेतनास्तरबढाउँनको लागि शिविरको आयोजना गरिएकोले सबैले सेवा लिन आग्रह गर्नुभयो ।

उहाँले ९ हप्ता सम्मका गर्भवती भएका महिलालाई सुरक्षित गर्भपतन सेवाको समेत सुरुवात गर्नुभएको छ । उद्घाटन कार्यक्रमममा गाउँपालिका प्रशासकीय अधिकृत भेषराज पन्त, गोरख दल गण पाल्पाका मेजर मनोज डंगोलले गाउँले जनतालाई गाउँमै गएर सेवा दिनको लागि शिविरको आयोजना गरिएको बताउनुभयो ।
औपचारिक कार्यक्रमको अध्यक्ष पूर्वखोला १ सिलुवाका वडा अध्यक्ष भोग बहादुर थापाको अध्क्षता र गाउँपालिका सुचना अधिकारी तथा पूर्वखोला गाउँपालिका स्वास्थय उपप्रमुख मोहोन ढकालको संचालमा भएको हो ।
१ दिने स्वास्थ्य परीक्षण शिविरमा गोरगदल गणको तर्फबाट गएका डा. झपेन्द ढकाल, बिजय केसी, नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोभाकान्त न्यौपाने, कल्पना न्यौपाने, भगवती न्यौपाने, देबदह स्वास्थ्य चौकी प्रमुख रेम बहादुर दिशा, गगौं गाउँपालिका स्वास्थ्य चौकी प्रमुख रमेश ढकाल, कालिगण्ड्गी दन्त उपाचार केन्द्रका प्रमुख रमेश न्यौपानेले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

शिबिरमा पिभिआइए ८२ जना, इरपलान्ट २६ जना र सामान्य स्वास्थ्य परीक्षण ४ सय जना गरी ५ सय २७ जनाले स्वास्थ्य परीक्षण गराएका थिय । स्वास्थ्य परीक्षण पश्चात बिरामीहरुलाइ स्वास्थ्य परीक्षण गरी औषधी बितरण तथा रिफर समेत गरेको गाउँपालिका सुचना अधिकारी मोहोन ढकालले रानीमहललाई बताउनु भयो ।
गाउँमै आएको शिविरले शहरमा जाने र स्वास्थ्य परीक्षण गराउने खर्चको बचत भएको पूर्वखोला १ सिलुवाका स्थानीय यम माया आलेले बताउनु भयो । उहाँले यस्ता शिविरहरु बेलाबेलामा संचालन गर्न सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो ।