पाँच नम्बर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता सुरु
अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १२:५१
दिल बहादुर गाहा, बर्दिया १८ फागुन । आठाै खेलकुद हाम्रै प्रदेशमा, पसिना र पाैरख आफ्नै देशमा ,भन्ने मुल नाराका साथ आठाै राष्ट्रिय खेलकुद प्रतियाेगिता तयारी स्वरुप आयाेजित प्रदेश न ५ स्तरीय पुरुष भलिबल प्रतियाेगिता एक कार्यक्रम का बिच बर्दियाको भुरिगाउँमा शुक्रबार उद्घाटन भएकाे छ।

कार्यक्रम काे उदघाटन गर्दै प्रदेश न ५ का कृषि तथा भुमि व्यवस्था मन्त्री आरती पाैडेलले -खेलाडी डर लाग्ने हाेइन, भर लाग्ने हुनु पर्ने भन्दै अहिले देश शाेकमा दुबेकाे बेला याे शाेकलाई शक्ति मा बदल्न सम्पुर्ण खेलप्रेमी महानुभावहुरुलाई आव्हान गर्दै कार्यक्रम काे सफलताको कामना गर्नु भयाे।

प्रदेस न ५ का १२ वटा जिल्ला का १२ वटा टिम सहभागी भएकाे पहिलाे दिनकाे खेलमा पाल्पा ले दाङ लाई ,नवलपरासी ले बाँकेलाई,रुपन्देही ले बर्दियालाई र गुल्मीले राेल्पा जिल्लालाई साेझाे सेट मा हराउँदै बिजय भएका थिए ।
मध्यपश्चिम क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष भिम आेली काे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत जिल्ला खेलकुद बिकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनालले गर्नुभएकाे थियो ।
खेल यही फाल्गुन २० गतेसम्म चल्ने आयाेजकले रानीमहललाइ बताएकाे छ ।