X
0
Shares

३७ औं मगर एकता दिवश कार्यक्रम कचलमा सम्पन्न

अमृत अधिकारी || १६ फाल्गुन २०७५,बिहीबार १३:१४

रानीमहल पाल्पा, १६फागुन । ३४ औं मगर एकता दिवश तथा वृहत सांस्कृतिक कार्यक्रम तिनाउँ गाउँपालिका १ कचलमा पनि मनाइएको छ ।

कचलमा भएको कार्यक्रमको उद्घाटन पाँच नं. प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटनका क्रममा मन्त्री गिरीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश भएकाले पुस्तौंदेखि सबै जातजाति मिलेर बस्दै आएको बताउनुभयो । उहाँले सबै जातजाति, भाषा र संस्कृतिको संरक्षण सहित सहुष्णुता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले ३७ औं मगर दिवशको अवसरमा शुभकामना समेत दिनुभयो ।


कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्तीले मगरहरु शिक्षा, राजनीति र उत्पादशील कार्यमा लाग्नुपर्ने बताउनुभयो । यस्तै तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीमगरले ७० प्रतिशत मगरको जनसंख्या रहेको तिनाउँमा मगर समुदायको विकासमा पालिकाले विशेष ख्याल गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, डिभिजन वन कार्यालयका प्रमुख मोहन पौडेल, भू तथा जलाधार विकास कार्यालय पाल्पाका प्रमुख आनन्दराज घिमिरे, वडा अध्यक्ष राजेश श्रेष्ठ, दानबहादुर गाहा, प्रेम पाण्डे लगायतले शुभकामना दिनुभयो ।


कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाभित्रबाट मगरी नाँच प्रस्तुत गरिएकोृ थियो । रेवन्त छहरीको अध्यक्षता, थमान सिंह चिदीको स्वागत र रेमबहादुर लम्तरीको संचालनमा कार्यक्रम भएको थियो ।
आदिवासी जनजाति तिनाउ गाउँपालिका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा तानसेन र वुटवलका कलाकारहरुले मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys