रैनादेवी छहरा सत्यवती बुढीदमारमा मगर दिवशमा विविध कार्यक्रम
अमृत अधिकारी || १६ फाल्गुन २०७५,बिहीबार ०६:२७
दिल बहादुर गाहा, पाल्पा १६ फागुन । जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका वडा न -८ सत्यवती बुढिदमार स्थित न्यु सेबेन स्टार युवा क्लबले ३७ अाै मगर दिवश बिबिध कार्यक्रमकाे अायाेजना गरी बुधबार भव्यताका साथ मनाएकाे छ।


जस अन्तरगत भलिबल खेलकाे उद्घाटन रैनादेवि छहरा गाउ पालिका अध्यक्ष राम बहादुर कार्कीले उद्घाटन गर्नुभयो। ।कुल ११ टिम सहभागी भएको प्रतियाेगितामा न्यु स्टार युवा क्लब -ए रैनादेवि छहरा -८ ईटिहा ले अायाेजक डि लाई २ का बिरुद्ध ३ सेटले पछि पार्दै प्रथम स्थान , अायाेजक -डि िद्तिय, राजापानी युवा क्लव रैनादेवी छहरा – ८ तृतीय र न्यु स्टार क्लव -बि ले सान्त्वना स्थान प्राप्त गरेका थिए।बिजेता टिम लाई क्रमश ७५ हजार,५० हजार, २५ हजार र १० हजार नगद,प्रमाण पत्र र मेडल प्रमुख अतिथि कार्कीले बितरण गर्नुभएकाे थियोे ।


कार्यक्रम मा राष्ट्रिय लाेक तथा दाेहाेरी गायिका चेतना थापा मगर , रितु थापा मगर, दिपक दर्लामी मगर ले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएकाे थियो । क्लवका अध्यक्ष माेहन नेपालीकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे सञ्चालन मनाेज राना र बिजय सारुले सम्युक्त रुपमा गरेका थिए।