X
0
Shares

मगर समुदायले मगर संघकाे ३७ औं स्थापना दिवस मनाए

अमृत अधिकारी || १५ फाल्गुन २०७५,बुधबार ११:२०

रानीमहल पाल्पा, १५ फागुन । एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाको आयोजनामा ३७ औं मगर एकता दिवस रामपुरमा मनाइएकाे छ ।

अध्यक्ष रोमन बहादुर रानाको अध्यक्षता प्रमुख अतिथि प्रदेश साम्सद तथा नेपाली कांग्रेस पाल्पा सभापति वीर बहादुर राना, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा लगायतले दिवसकाे अवसरमा शुभकामना दिनुभयाे । साेही अवसरमा लाेक गायक दुर्गा रायमाझीले गीत समेत गाउनुभएको थियो । दर्जन बढी समुहद्वारा नाच तथा सांगितिक प्रस्तुती राखेका थिए । मगर समुदाय अाफ्नाे भेषभूषासहित उपस्तिथित भएका थिए । उनीहरूले रामपुर बजार समेत परिक्रमा गरेर र्याली निकालेका थिए ।

यसैबीच जिल्लाभर नै मगर संघ स्थापना भएकाे ३७ वर्ष पुगेकाे अवसरमा मगर दिवस मनाइएकाे छ । जिल्लाकाे तानसेनमा मगर संघ तानसेन नगर समितिकाे अायाेजनामा विविध कार्यक्रम भएकाे थियाे । यस्तै सराइमा मगर समाज सराइद्वार अायाेजना गरिएकाे विविध सांस्कृतिक तथा सभा कार्यक्रम भएकाे थियाे भने, रिब्दीकाेट, रैनादेवी छहरा, ताहुँ, तिनाउ, निस्दी लगायतका क्षेत्रमा समेत ३७ अाैँ मगर संघ स्थापना दिवसकाे अवसरमा भव्य कार्यक्रम भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys