X
0
Shares

पाल्पाकाे दाेभानमा ‘स्मार्ट कृषि गाउँ’ घाेषणा

अमृत अधिकारी || १५ फाल्गुन २०७५,बुधबार १०:५४


के हाे कृषि स्मार्ट गाउँ ?

रानीमहल पाल्पा, १५ फागुन । प्रदेश ५ का १२ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने सरकारको घोषणा अनुसार पाल्पाको तिनाउ गाउँपालिकाकाे दोभान झ्याङ्लामा ‘कृषि स्मार्ट गाउँ’ घोषणा गरिएको छ ।

सोमबार प्रदेश ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेलले झ्याङलालाइ ‘कृषि स्मार्ट गाउँ’ घोषणा गर्नुभयो । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक-एक वटा गाउंँलाई स्मार्ट कृषि गाउँंका रुपमा विकास गर्ने घोषणा गरी २६ करोड वजेट विनियोजन गरेको थियो ।

प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुले आफ्नो क्षेत्रभित्रका सबै गाउँपालिकासंग छलफल गरी बढी संभावना भएको एउटा गाउं सिफारिस गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

कृषि स्मार्ट गाउँ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषिको व्यवसायिक तथा यात्रिकिकरण गरी युवाहरुलाई स्वरोजगार बनाउँन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कृषि गर्ने किसानलाई प्रोत्साहन हुने कार्यक्रम प्रदेश सरकारले ल्याएको भन्दै मन्त्री पौडेलले भूमिहीनलाई भूमिको मालिक बनाउने नीति पनि सकारले लिएको बताउनुभयो । उहाँले पाँचवटा विरुवा पनि रोप्नुभयो ।

प्रदेश सांसद तुलाराम घर्ती (बसन्त) ले युवालाई गाउँमै रोजगारी दिन सके विदेशीनुपर्ने बाध्येताको अन्त्य हुने उल्लेख गर्नुभयो । कृषिको आधुनिकीकरण बिना समृद्धिको चाहना पूरा हुन नसक्ने उहाँले बताउनुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा तथा प्रवक्ता राजेश श्रेष्ठले निश्चित मापदण्ड पूरा गरेपछि झ्याङ्लालाई स्मार्ट कृषि गाउँ घोषणा गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पाका किशोरमान श्रेष्ठ, तिनाउ वडा नं. ३ का अध्यक्ष प्रेम पाण्डे, वन समन्वय समितिका संयोजक अमर प्रधान, स्थानीय चक्रब्यूह थापा, डिलकुमारी योन्जन, इमानसिंह थापा, रुद्र जीसी लगायतले बाल्नुभएको थियो । कार्यक्रम झ्याङ्ला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीको अध्यक्षतामा भएको हो ।

छनोटमा परेका प्रत्येक स्मार्ट कृषि गाउंले सिंचाई, मल, बिउ,प्राविधिक सहयोग,उत्पादनको बजारीकरणमा खर्च गर्ने गरी ५० लाख रुपैयाँका दरले वजेट पाउँंछन् । कूल लागतमा २० प्रतिशत स्थानीय तह वा अनुदानग्राहीले लगानी गर्नुपर्ने हुन्छ । स्मार्ट कृषि गाउं कार्यक्रम लगातार चार वर्षसम्म सञ्चालन हुने छ ।

के हाे स्मार्ट गाउँ भनेकाे ? जलवायु स्मार्ट अन्तर्गत मौसमी प्रतिकूलतासंग जुध्नसक्ने बालीहरुका जात एवं पशु नश्लका साथै कम उर्जा तथा वातावरणमैत्री रैथाने तथा उन्नत प्रविधि र अभ्यास पर्दछन् । यसमा कृषि सूचना केन्द्र राखी जलवायू पुर्वानुमान र प्रचारप्रसार लगायतका काम हुने छन् । जसमा कूल लागतको १० देखि २० प्रतिशत रकम खर्च गरिने छ ।

यस्तै सिंचाई स्मार्टमा कम लागतमा वर्षैभरि सिंचाई गर्न मिल्ने गरी साना सिंचाईका संरचना तथा प्रविधिको अवलम्बन गरिने छ । यसमा आकाशको पानी संकलन,प्लास्टिक पोखरी निर्माण,थोपा सिंचाई,सोलार पम्प र पोखरी निर्माण जस्ता काम हुने छन् । यसमा कूल लागतको २०देखि ३० प्रतिशत रकम खर्च गरिनेछ ।

यस्तै प्रविधि स्मार्ट अन्तर्गत परम्परागत ज्ञान र प्रविधिहरुलाई प्रोत्साहन गर्दै कृषि तथा पशुपालनमा आधुनिक प्रविधि अवलम्बन,दीगो कृषि यान्त्रीकरणका लागि कस्टम हायरिंग सेन्टर,करार खेती,जग्गा चक्लाबन्दी,पशु नश्ल सुधार अभयास लगायतका क्रियाकलापमा जोड दिई बाली तथा पशुपंक्षीको उत्पादकत्व कृद्धि गरिने छ । यसमा कूल लागतको ३० देखि ४० प्रतिशत रकम खर्च गरिने छ ।

दीगो भू व्यवस्थापन वा भू उपयोग नक्सांकन,एकीकृत बाली तथा खाद्य तत्व व्यवस्थापन,माटोमा कार्बन सञ्चितिकरण गर्ने खेती पद्दति,तथा वैज्ञानिक पशु आहार व्यवस्थापनका अभ्यास गरी माटोको उर्बरा शक्ति बृद्धि गर्ने तथा पशुपंक्षीमा पोषण व्यवसथापनलाई दीगो बनाउने कामहरु गरिन्छ । यसमा कूल लागतको १० देखि २० प्रतिशत रकम खर्च गरिने छ ।

यसमा समुदायमा आधारित संकलन तथा प्रशोधन केन्द्रहरु विकास गरी औपचारिक वजारीकरणको विकास तथा मूल्य श्रृंखलामा आधारित दीगो बजार प्रवद्र्धन गरिने छ । किसानलाई उत्पादित वस्तुको वजार मूल्यबारेमा निरन्तर जानकारी गराइनेछ । यसमा कूल लागतको ३० देखि ४० प्रतिशत रकम खर्च गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys