X

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाकै निधन

अमृत अधिकारी || १५ फाल्गुन २०७५,बुधबार १०:०२

काठमाडाैँ, १५ फागुन । बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सात मध्ये ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ।

हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले ६ वटा शव जलेको अवस्थामा देखेको पुष्टी गर्नुभएकाे छ ।

‘हेलिकप्टरमा आगो लागिरहेको छ। कसैको पनि शरीर चिन्ने अवस्थामा छैन,’ हवल्दार अर्याललाई उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले नगरपालिकाको वडा नम्बर १० मा पर्ने सिस्ने खोला सिरान दारे भीरमा दुर्घटना भएको जानकारी दिनुभएकाे छ । ‘यो पाथिभरा मन्दिरकै काखमा पर्छ,’ उहाँले भन्नुभयाे।

घटनास्थलमा अरू सरकारी अधिकारी पुग्ने क्रम जारी छ।

नेपाल नागरिक उड्यायान प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजे हेलिकप्टर दुर्घटनामा परेको हो।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे रहनुभएकाे थियाे ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो।

मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न बुधबार बिहान तेह्रथुमको आठराई पुग्नुभएकाे थियाे ।

त्यसपछि उनीहरू ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys