X
0
Shares

पर्यटनमन्त्री अधिकारी चढेकाे हेलिकप्टर दुर्घटना (थप विवरण आउन बाँकी)

अमृत अधिकारी || १५ फाल्गुन २०७५,बुधबार ०९:०९

काठमाडाैँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

मन्त्री अधिकारी शेर्पासहित तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए। त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ। हेलिकप्टरमा अधिकारी र शेर्पासहित ६ जना सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys