X

चन्द्र मावि चापपानी पाल्पाकाे महायज्ञमा १ करोड ३० लाख बचत

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार १३:१२

दयाराज न्यौपाने फागुन १२ , पाल्पा  । बगनासकाली गाउँपालिका ९ चापपानीमा अवस्थित चन्द्र माध्यमिक बिद्यालयमा प्राविधिक शिक्षा संचालन गर्नकाे लागि संचालित महायज्ञमा १ कराेड ३० लाख बढी बचत भएकाे छ ।

बगनासकाली पाल्पामा संचालन भएको श्रीमदभागवत विराट सप्ताह ज्ञान महायज्ञ २०७५ बाट १ करोड ३० लाख ४३ हजार २ सय ७५ रुपैयाँ बचत भएको छ ।

आईतबार चापपानीमा आयोजित विराट सप्ताह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक कार्यक्रममा आय व्याय बिवरण प्रस्तुत गदै कोषाध्यक्ष ठानेश्वर तिमिल्सेनाले कूल १ करोड ५८ लाख २० हजार १ सय १७ रुपैयाँ आम्दानी भएकोमा २७ लाख ७६ हजार ८सय ४२ रुपैया खर्च भएर सो रकम बचत भएको बताउनु भयो ।

कार्यक्रममा बगनासकाली गाउँपालीका ८ बराङ्दीका बडा अध्यक्ष गणेश प्रसाद बस्याल ,पत्रकार महासंघका पुर्व अध्यक्ष भगवान भण्डारी,गोबिन्द भट्टराई, ,बिद्यालयका प्रध्यानाध्यापन लक्ष्मण प्रसाद अधिकारी,पत्रकार नेत्र गैरे,बिष्णु प्रसाद घिमिरे, मुक्ति न्यौपाने, लगाएतले बोल्दै महायज्ञको आय व्याय बिवरण समयमै ,कम खर्चिलो र पारदर्शी रुपमा संचालन गरी प्रस्तुत गरेको भन्दै आभार व्यक्त गर्नु भएको थियो ।

स्थानीय तह निमार्ण सगै प्राविधिक शिक्षाको आवश्यकतालाइ मध्यनजर गदै शैक्षिक हवको रुपमा बिकास गर्ने महायज्ञले सहयोग पुगेकाे संयोजक यमलाल तिमिल्सेनाले बताउनु भयो ।

महायज्ञमा ४ बटा चौरासी पुजा भएको , दैनिक लाख बत्ति प्रज्वलन गरीएको ,सामुहिक बर्तबन्ध,हवन, ग्रह शान्ति काल सर्पयोग शान्ति सतरुद्र कार्य समेत सम्पन गरीएको बिद्यालय व्यवस्थापन समिती अध्यक्ष भोजराज तिमिल्सेनाले जानकारी दिनु भयो । 


७ दिन सम्म चलेको श्रीमदभागवत विराट सप्ताह ज्ञान महायज्ञ २०७५ मा प्रमुख बाचकको रुपमा बालब्यास पण्डित नारायण न्यौपाने संगीतमाय बाचन गर्नु भएको थियो ।

समितीका महासचिव कृष्ण प्रसाद भुषालले प्रावधिक शिक्षाको बर्तमानको महत्व र आवस्यकतालाई मध्यनजर गदै बगनासकाली गाउँपालिका भित्र आवस्यकता अनुरुप प्रावधिक शिक्षा संचालन गर्ने अभियानको रुपमा पहिलो सफलताको खुडकीलो पार गरेको बताउदै सबै क्षेत्रले गरेको सहयोगकालागी धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

माघ २ देखी माघ ८ सम्म सञ्चालन भएको श्रीमदभागवत विराट सप्ताह ज्ञान महायज्ञमा ४ लाख बढी श्रदालु भक्त्तजनहरुले प्रत्यक्ष अवलोकन तथा कथा श्रवण गरेको प्रचार प्रसार समितीका संयोजक यज्ञमुर्ति तिमिल्सेनाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys