X
0
Shares

मृगौला पीडित गाहालाई आर्थिक सहयोग

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार ०३:५०

दिल बहादुर गाहा रुपन्देही १२ फागुन । पाल्पा सत्यवती रुपन्देही सम्पर्क समाजले मृगौला पीडित तिल कुमारी गाहालाई एक कार्यक्रमका बिच शनिबार आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।


सम्पर्क समाजका सदस्य बुटवल–११ देबिनगर निवासी हाल दुवई स्थित रोजगारीको सिलसिलामा रहनु भएका ज्ञान बहादुर रानाको बिशेष पहलमा त्यहाँ स्थित नेपालीहरुबाट सङ्कलित रकम ८६ हजार ५ सय ३५ रुपैया र समाजको तर्फबाट ४ हजार गरी कुल ९० हजार ५ सय ३५ रुपैया सहयोग गरिएको हो ।


मृगौला पीडित पाल्पा जिल्ला रैनादेवि छहरा–८ राजापानी स्थायी ठेगाना भई हाल सैनामैना–१० सालझण्डी रुपन्देही बस्दै आएका तिल कुमारी गाहा लाई समाजका अध्यक्ष खडक राना र ज्ञान बहादुर रानाको धर्म पत्नि नमि रानाले सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
बिगत ६ महिना देखि दुबै मृगौला खराबी भइ अशक्त तिल कुमारी गाहा हाल बुटवल मा हप्ताको २ पटक डाइलसिस गरिरहनु भएको छ । घरको आर्थिक स्थिति कमजोर भएको,एक पटकमा ३ देखि ४ हजार रुपैया खर्च लाग्ने गर्दछ ।
गाहाको उपचारमा आर्थिक अभाव भएकोले विभिन्न संघ, संस्था, ईस्टमित्र, शिक्षक कर्मचारी, साथीभाइहरुले चन्दा स्वरुप सङकलित सहयोग रकमले आज सम्म आमाको उपचार गराइरहेको पीडितका छोरा केशव गाहाले रानीमहललाइ बताउनुभयो ।
उहाँको उपचारको लागि रैनादेवि छहरा गाउँ पालिकाले १० हजार, राजापानी सावउसले ४० हजार, दुवई स्थित नेपाली दाजुभाइ बाट ८६ हजार ५ सय, सत्यवती रुपन्देही सम्पर्क समाजले ४ हजार र अन्य व्याक्तिहरुले व्याक्तिगत सहयोग गरेको जानकारी दिनुभयो ।


कार्यक्रम मा बोल्दै समाजका अध्यक्ष खड्क रानाले दुबईमा रहनु भएका समाजका सदस्य ज्ञान बहादुर रानाले आर्थिक अभावमा तड्पिरहनु भएका मृगौला पीडित तिल कुमारी गाहालाइ आर्थिक सङ्कलन गरी सहयोग जुटाएकोमा ज्ञान बहादुर रानालाइ समाजको तर्फबाट विशेष धन्यवाद दिनुभयो । कार्यक्रम को सञ्चालन सचिव पिमा रानाले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys