X

रामपुरमा वन डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार ०३:३८

सीता डोटेल पाल्पा रामपुर १२ फागुन ।  सामुदायिक बन उपभोक्ता महासंघ रामपुरको आयोजना तथा जिल्ला डिभिजन बन कार्यालय पाल्पाको व्यवस्थापनमा बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

अन्तरक्रियामा सहभागीले बन जोगाउन वन उपभोक्ता र वन आसपासका नागरिक नै सचेत हुनुपर्नेमा जोड दिएका थिए । विभिन्न वहानामा वनमा डढेलो लाग्ने भएकाले वनमा हुनसक्ने क्षतिलाई कम गर्न अहिलेदेखि नै उपभोक्ता सचेत हुनुपर्ने उनीहरुले बताएका छन् । अन्तरक्रियाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको दमकल भएपनि अझै वनका अफ्ठेरो ठाउँमा डढेलो लाग्ने हुँदा तत्काल नियन्त्रणमा पानी र बाटोको समस्याले संम्भव नहुने अबस्था खड्किएको बताउनुभयो । वन संरक्षण सँगै आयमुलक कार्यमा लाग्नुपर्ने उहाँको भनाई छ । बनले पनि रोजगारी दिन्छ थापाले भन्नुभयो–बन उपभोक्ता र समुहसँग समन्वय गरि नगरपालिकाले रामपुर ४ को महिला समुहलाई टपरी उत्पादनमा सहयोग गरेको छ ।

नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमबाट व्यवसायिक बन्न र लसुन खेती जस्ता कार्यक्रममा सहयोग गरेको स्मरण गराउनुभयो । सोही अबसरमा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक बनको डढेलो नियन्त्रणको अभियान रामपुरबाट शुरु गरेको भन्दै बर्षाै बन जोगाएका उपभोक्ताले डढेलो नियन्त्रणमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला डिभिजन बन कार्यालयका प्रमुख डा.मोहन पौडेलले वन कार्यालयले बिभिन्न स्थानमा डढेलोको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम गर्दै जाने बताउनुभयो ।

‘‘डढेलो मात्तियो भने तपाई हाम्रो बसमा छैन’’ उहाँले भन्नुभयो–बन जोगाउनु सबैको कर्तव्य र दायित्व हो । अन्तरक्रियामा सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख विनोद कामु, रामपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मित्रलाल कडेंल, हिमवन्ती नेपालका केन्द्रिय सदस्य दुर्गादेवी राना, नेपाली काग्रेंसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, पत्रकार बासुदेव ढकाल, आदर्श भुपु सैनिक संस्थाका अध्यक्ष केशर बहादुर खाँण, राम्चे सामुदायिक वनका अध्यक्ष किर्तिनाथ श्रेष्ठ, निजि वन जिल्ला सचिव छवि खनाल लगायतले वन जोगाउन र वन ऐनका बिषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

अन्तरक्रियामा रामपुर नगरपालिकाका ६८ सामुदायिक वन र निस्दी ५ का वनका अध्यक्ष तथा प्रतिनिधि उपभोक्ताको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा चलेको कार्यक्रममा प्रदेश सदस्य विन्दु श्रेष्ठले स्वागत र महासंघका विकास समिति संयोजक राधिका भण्डारीले धन्यवाद दिनुभएको थियो भने सञ्चालन सचिव लक्ष्मी थापाले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys