X
0
Shares

तिनाउँको चौकीभञ्ज्याङ्गमा स्वास्थ्य इकाई भवनको शिलान्यास

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार ०३:१४

रानीमहल पाल्पा १२ फागुन । तिनाउँ गाउँपालिका वडा नं. ३ चौकिभञ्याङ्गका जनतालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य इकाई भवन निर्माण थालिएको छ ।


भवनको एक कार्यक्रमका बिचमा गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीमगरले जग पूजा गरेर सिलान्यास गर्नुभएको छ । झुम्सादेखि ८ किलोमिटर पूर्वमा पर्ने चौकीभञ्ज्याङ्गका स्थानीयलाई स्वास्थ्य उपचार गर्न असहज भएपछि गाउँमै स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।


गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले गाउँपालिकाले स्वास्थ्य इकाईमा निशुल्क औषधी र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने बताउनुभयो ।
वडा अध्यक्ष प्रेम पाण्डेका अनुसार यहाँको स्वास्थ्य इकाईले दोभानको वेरुवा, फुुलवारी, चौकीभज्याङ्ग, ज्यामिरे र झिन्टुङ्गका स्थानीयहरु लाभान्वित हुनेछन् ।


गाउँपालिकाको १८ लाख रुपैंयाको बजेटमा निर्माणहुन लागेको स्वास्थ्य इकाई भवन सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, गाउँपालिकाका प्रवक्त राजेश श्रेष्ठ, कार्यपालिका सदस्य पम्फा मगर लगायतले स्वास्थ्य इकाई स्थापनाको बारेमा धारणा राख्नु भएको थियो ।
स्थानीय बासिन्दाले भने, आफ्नो घरदैलोमा स्वास्थ्य सेवा दिने अभियानमा गाउँपालिकाले काम गरेको भन्दै उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys