X
0
Shares

थानीडाँडा मावि दोभानको ३७ औं वार्षिकोत्सव सम्पन्न

अमृत अधिकारी || १२ फाल्गुन २०७५,आईतवार ०२:५९

रानीमहल पाल्पा, १२ फागुन । थानीडाँडा माध्यमिक विद्यालय तिनाउँ गाउँपालिका वडा नं. २ वगाहको ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलाराम घर्ती बसन्तले विद्यालयको शैक्षिक विकासमा आफू लागि रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारबाट आफूले भवन निर्माणको लाग ४० लाख विनियोजन गरेको बताउनुभयो । उहाँले बगाह झ्याङ्ला क्षेत्रको मोटरबाटोको लागि ५० लाख र स्मार्टभिलेजको लागि ५० लाख समेत विनियोजन गरेको बताउनुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले थानिडाँडामाविको भौतिक सुधारको लागि गाउँपालिकाले यस वर्ष १२ लाख विनियोजन गरेको बताउनुभयो । उहाँले सिमित शिक्षक दरबन्दीमा समेत विद्यालयले उत्कृष्ठ नतिजा दिन सकेकोमा धन्यवाद दिनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष राजेश श्रेष्ठले बगाह झ्याङ्ला क्षेत्रको गाउँमा स्मार्ट भिलेज सहित यस विद्यालयलाई गाउँकै नमुना विद्यालय बनाउन लागि परेको बताउनुभयो । दोभान प्रहरी चौकीका इन्चार्ज एक्काबहादुर नेपालीले शान्ति सुरक्षा र समुदाय प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे जानकारी गराउनु भएको थियो ।


प्रधानाध्यापक सोमान सिंह जिसीले विद्यालयको वार्षिक, आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा २८६ जना विद्यार्थी रहेको, कक्षा १० सम्म कक्षा संचालन गरिएको शिक्षक दरबन्दी कम हुँदा ४ जना शिक्षक नीजि स्रोतबाट परिचालन गर्न परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर जिसीले बताउनुभयो ।


शिक्षक दिपक जिसीको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक रुद्र जिसीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys