X

भैरव नवदीप माध्यमिक विद्यालय छहराको ५९ औँ बार्षिक उत्सव

अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार १२:१८

भुवन रायमाझी पाल्पा, १० फागुन ।  अबको शिक्षा आधुनिक र प्रविधिमैत्री हुनु पर्ने केन्द्रीय संसाद सोम प्रसाद पान्डेयले बताउनु भएको छ ।

पाल्पाको रैनादेवी छहरा ४ मा रहेको भैरव नवदीप माध्यमिक विद्यालय छहराको ५९ औँ बार्षिक उत्सवको उद्ध्घाटन गर्ने पुगेका सांसद पान्डेयले परम्परागत शिक्षाले अबको युग नचल्ने बताउदै विद्यालय मा शिक्षाको गुणस्तर उच्च र नमुना बनाउने खालको शिक्षा नीति लिएर अगाडी बढ्नु पर्ने बताउदै शिक्षकहरुले पनि महिले कस्तो शिक्षा दिदै छु भन्ने कुरा ख्याल गर्न र बिधार्थीहरुले पनि अबको युगमा कस्तो शिक्षा लिएर अगाडी बढ्नु पर्छ भन्ने कुरामा ध्यान दिन सुझाव दिनु भयो ।

पान्डेले विद्यालयलाई आबश्यक जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।कार्यक्रममा प्रदेश सांसाद बसन्त घर्तीले छहरा शैक्षिक केन्द्रको हव भएता पनि चाख लाग्दो बिधार्थी संख्या नभएको बताउनु भयो । बिधालयको यती ठुलो कार्यक्रममा अभिभावकहरु न्युन उपस्थीत हुनु पनि शिक्षाको गुणस्तर कमजोर हुनु हो उहाँले बताउनु भयो ।

भैरव माविको बार्षिक उत्सव समारोहमा पूर्व बिधार्थीका अध्यक्ष राम बहादुर राउत, पूर्व डिआईजी राम बहादुर कार्की, रैनादेवी छहराका प्रबक्ता बिष्णु पोखरेल,टिकाराम पोखरेल बिधार्थी सुसिल कार्की लगाएतका अतिथिहरुले विद्यालयका बारमा शुभकामना मन्तब्य राखेका थिए ।

विद्यालयका प्रअ होम बहादुर रायमाझीले बिधालयको भौतिक शैक्षिक अबस्थाका बारेमा बताउदै १ करोड ७९ लाख ७० हजार बराबरको आर्थिक प्रतिबेदन समेत सुनाउनु भएको थयो ।बिभन्न जातजातीका सस्कृर्ती समेटीएका गित र नृत्यले बिधार्थीले मनोरन्जन दिएका थिए ।

५९ औ बार्षिक उत्सवमा बिधार्थी र अभिभावकको उपस्थीत निकै न्युन रहेको सरोकार वालाले गुनासो गरेका थिए ।


विद्यालय ब्यावस्थापन समिका अध्यक्ष श्रीकृष्ण आत्रेयको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन शिक्षक दामोदर घिमिरेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys