X
0
Shares

रामपुरका नगर प्रमुखद्वारा योजनाको अनुगमन

अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार ११:४७

सीता डाेटेल पाल्पा रामपुर १० फागुन । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरमा संचालित विभिन्न योजनाको अनुगमन गर्नुभएको छ ।

नगर प्रमुख थापाले रातमाटा–विजयपुर प्याक्लुक मोटरबाटो विस्तार योजना र गौशाला निर्माण योजनाको अनुगमन गर्नुभएको हो । समयमा नै सक्न योजना कार्यान्वयनलाई जोड दिएको बताउदै नगर प्रमुख थापाले वडा, नगर तथा विभिन्न क्षेत्रबाट सञ्चालित योजनाको अनुगमनलाई निरन्तरता दिएको बताउनुभयो ।

संघीय सांसद विकास कोषको १५ लाख अनुदान तथा १ लाख २५ हजार ३ सय ७५ रुपँया उपभोक्ताको सङ्कलनमा निर्माणाधिन रातमाटा विजयपुर प्याक्लुक मोटरबाटो विस्तारको अनुगमन गर्दै थापाले नाली कटानलाई अझ व्यवस्थित गराउन सुझाब दिनुभयो । ३ वटा डोजर प्रयोग गरि बाटो निर्माणको काम धमाधम भैरहेका बेला पुग्नुभएका थापाले मोटरबाटोको दाँया बायाँको नाली कटान अझ गहिरो गर्न सुझाब दिनुभएको थियो ।


झण्डै ३ किलोमिटर लम्वाई रहेको यस मोटरबाटो १४ मिटर चौडाई रहेको उपभोक्ता समितिका अध्यक्ष यम बहादुर सुनारले बताउनुभयो । यसै अन्तर्गत २७ सय मिटर बाटो ग्राबेल समेत गरिने सचिव हरिनाथ ढुङ्गानाले जानकारी दिनुभयो । त्यस्तै नगर प्रमुख थापाले वडा नम्बर ६ मा निर्माणाधिन गौशालाको अनुगमन गर्नुभएको हो ।


कालीगण्डकी नदी रातोपानी घाटमा बन्ने २ सय ५० गाई पालन क्षमताको गौशाला १५ दिन अघिदेखि निर्माण शुरु भएको छ । रामपुर उपत्यकामा आबश्यक गौशालाको निर्माण महत्वपुर्ण काम भएको उहाँले बताउनुभयो ।


अनुगमनका क्रममा उपभोक्ता समितिलाई तदारुकताका साथ निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । उपभोक्ताले नियमित रेखदेख गर्न र गौशाला निर्माणको जगमा अत्यधिक पानी हाल्न उहाँले कामदारलाई समेत सुझाब दिनुभएको छ । १५ रोपनी क्षेत्रफलमा ५० लाखको स्टमेटमा गौशाला निर्माण थालिएको हो । यसका लागि रामपुर नगरपालिकाले २० लाख रुपँया विनियोजन गरेको छ भने पतन्जलिका गुरु आचार्य बालकृष्णले ११ लाख दिने घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys