X
0
Shares

सामुदायिक विद्यालयलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा जोड

अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार ११:१२

तिनाउँ १ कचलको युवा वर्ष माविको ३७ औं वार्षिकोत्सव सम्पन्न
रानीमहल पाल्पा, १० फागुन ।
तिनाउँ गाउँपालिका वडा नं. १ कचलमा रहेको युवा वर्ष माध्यमिक विद्यालयको ३७ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्त छहरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलाराम घर्तीले ग्रामिण भेगमा रहेको विद्यालयले शिक्षा संगै गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तनको ऐनाको रुपमा रहको शिक्षाको विकासमा विद्यार्थी, अभिभावक र शिक्षकले बढी ध्यान दिनुपर्ने बताउनुभयो ।


विशिष्ट अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले तिनाउँ गाउँपालिकाको शैक्षिक नीति र गाउँपालिकाले खेलेको भूमिका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा तिनाउँ गाउँपालिका वडा नं. १ का अध्यक्ष रोमबहादुर लम्तरी, वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ, ज्ञानोदय मावि ओखरढुंगाका प्रअ डोरबहादुर कार्की, सरस्वती आविका शिक्षक कमल पौडेल लगायतले विद्यालयको उन्नती र प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।


विद्यालयका प्रधानाध्यापक धन बहादुर खाम्चाले ८२ लाख ६९ हजार बराबरको वार्षिक आय व्यय प्रतिवेदन, शैक्षिक प्रगति सुनाउनु भएको थियो । हाल १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा ३ सय ८८ जना विद्यार्थी रहेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर मध्यम रहेकाले त्यसलाई थप बढाउनुपर्ने शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले बताउनुभयो । कार्यक्रममा शिक्षकहरु प्रेम खत्री, फुलमाया लम्तरी, देवबहादुर गाहालाई पुरस्कृत समेत गरिएको थियो ।
शिक्षक लेखबहादुर कार्कीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक केशव भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys