X

पाल्पाको रानीमहलः नेपालीकाे शान

अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार ०६:४९

‘हम ना रहेंगे, तुम ना रहोगे, फिर भी रहेगी निशानियाँ’ कसैले ठीकै भनेका छन्, यस संसारमा हामी रहन्नौँ, तर हाम्रा कृतिहरुले सँधै हाम्रो याद गर्नेछन् । यस संसारमा आ–आफ्ना कीर्ति छोड्न राजामहाराजाहरु, बादशाहहरुले अनेकौं कार्य गरेर गए । सयौं वर्ष पछिका पुस्तालाई पनि आश्चर्यचकित पार्ने गरी सव्य कलाकृति, भवन, महल छोडेर गए । मुगल सम्राट शाहजहाँले आफेनी प्यारी बेगम, मुमताजको स्मृतिमा उनकै चिहान माथि प्रसिद्ध यमुना नदीको किनारमा पूरै सिंगमरमरको भव्य महल निर्माण गर्न लगाए, जुन कि आज संसारको सात आश्चर्यमा एक गनिने “ताजमहल”को नामले चिनिन्छ ।

आफ्नी प्रिय रानी प्रतिको प्रेमका् अनुपम उदाहरणको नमूनाको रुपमा ताजमहल आज जति चर्चित छ, भविष्यमा पनि त्यति नै रहनेछ । प्रेमको सागरमा शाहजहाँ यति डुबेथे कि आफ्नी स्वर्गीय बेगम पुमताजलाई उनी ताजमहलको प्रत्येक कुना कनामा प्रतिविम्वित भएको देख्थे । अन्तिम क्षणको अशक्त अवस्थामा पनि सम्राट शाहजहाँले आफ्नो कोठामा राखेको ऐनामा ताजमहलको प्रतिविम्व हेरेर नै यस संसारबाट बिदा लिएका थिए । हाम्रै देशमा पनि राजा प्रताप मल्लले आफ्नी रानीको इच्छा पूर्ति गर्न सात तीर्थका नदीहरुबाट पानी ल्याई “रानीपोखरी” बनाए । जसले आज पनि काठमाडौँ शहरको शोभा बढाइरहेको छ ।

तर प्रंसग यहाँ त्यस्तो व्यक्तिको छ, जो न राजा थिए, न त श्री ३ महाराज भए, तर जसको दुस्साहसले गर्दा नेपालको इतिहास नै अर्कै ढंगले लेखियो, शासनको वंश परामपरा नै अन्तै तिर मोडियो । यी व्यत्तिल थिए – खङ्ग शम्सेर, धीर शम्सेरका माहिला छोरा ।

जसरी शाहजहाँले आफ्नी प्यारी वेगम मुमताजको स्मृति जीवन्त राख्नका लागि ‘ताजमहल’ बनाउन लगाए, त्यसरी नै खड्ग शम्सेरका मुमताज हुन् – ‘तेजकुमारी’ र तिनको स्मृतिमा तयार भएको थिया – ‘रानीमहल’ । पश्चिम नेपालको पाल्पा जिल्लामा, काली गण्डकीको एउटा किनारमा तानसेन बाट झण्डै ३,००० फिटको गहिराईमा सात किलोमिटरको दूरीमा एक विशाल चट्टन माथि निर्माण गरिएको यो सुन्दर भव्य कलात्मक महल आज पनि झण्डै एकसय वर्ष पुरानो आफ्नो प्रेमकथा बोकेर उभिइ रहेको छ । ‘रानीमहल’को नामले प्रख्यात यस भव्य तर अब जर्जर भैसकेको महले इतिहासको पाना पल्टाउन हामीलाई अझै उत्प्रेरित गर्दैछ ।

पृष्ठभूमि
वि. सं. १९०३ को ‘कोतपर्व’को नरसंहार पछि, जंगबहादुर प्रधानमन्त्री मात्र श्री ३ महाराज भए । अझ त्यसमाथि पनि आजन्म प्रधानमन्त्री हुनुका साथै भविष्यका प्रधानमन्त्री पनि आफ्नै वंशका भाहरु मात्र बन्न सक्ने व्यवस्था समेत गराए । जंगबहादुरले आफ्नै भाइहरुमा राखे र भाइपछि आफ्ना छोरामा आउने गरी निश्चिन्त भए । तर यही एक गल्तीले गर्दा पछि गउर जंगबहादुरको छोरा, नाति समेत मारिए र शासनको रोलक्रम नै धीर शम्सेरका छोराहरुको हातमा पर्नगयो ।

वि. सं. १९३३मा जंगबहादुरको मृत्यु पश्चात, उनका भाइ रणोदीप प्रधानमन्त्री भए । यिनी अलि सोझा प्रकृतिका भएकाले, राजकाजका कार्यमा कान्छा भाइ धीर शम्सेरको निकै चल्ती हुन थाल्यो । जंगबहादुरले प्रधानमन्त्रीको रोलक्रम बाँधे अनुसार, अव रणेद्दीप पछि धीर शम्सेर नै प्रधानमन्त्री हुनेवाला थिए, किनभने अरु भाइहरुको मृत्यु भैसकेको थियो। धीर शम्सेर पश्चात अन्य कुनै भाइ नभएको प्रधानमन्त्रीको रोल फेरि जंगबहादुरका छोरा जगतजंग तथा यिनका भाइहरुमा जाने अवस्था थियो ।

तर वि. सं. १९४१ मा प्रधान सेनापति धीर शम्सेरको मृत्यु भयो। उनका सत्र भाइ छोराहरु थिए, जसमध्ये जेठो वीर शम्सेर माहिलो खड्ग शम्सेर हुन् । धीर शम्सेर प्रधान सेनापति छँदा, यिनका छोराहरुको जुन बोलवाल एवं मान समन थियो, त्यो अब विस्तारै घट्दै गयो र यिनीहरु शत्तिलकेन्द्रबाट टाढिँदै जानलागे। यी सत्र भाइमा सबभन्दा शूरा महत्वाकांक्षी माहिला भाइ खड्ग शम्सेर नै थिए । यिनी जसरी भएपनि सत्ता आफ्नै दाजुभाइमा ल्याउन दृढ थिए । तर यको गर्नका साथै आफ्नो काका तथा जंगबहादुरका छोराहरु लगायत अन्य बाटोबाट नहटाई कार्य सिद्ध हुन सक्दैनथ्यो ।

विं. सं. १९४२ कार्तिक महीनामा बृटिश–भारत सरकारले माग गरे अनुसार चर रेजीमेण्ट गोर्खाली सेना रावलपिण्डी पठाउने निर्णय प्रधानमन्त्री रणोद्दीपले गरे । नोभेम्बर २३ तारिख १८८५ का दिन उक्त सेना काठमाडौँबाट प्रस्थान हुने भयो। यसको दुईदिन अगाडि नै अर्थात् २१ नोभेम्बरमै सो सेनाका लागि चाहिने सवै गोली गट्ठा वीर शम्सेर लाई जिम्मा लगाइयो । पूर्वी कमाण्डीङ जनरल रणवीर जंगले रावलपिण्डी जाने दिन मात्रै गोली गट्ठा जिम्मा लगाउने सल्लाह दिए तापनि रणोद्दीपले यस तर्फ ध्यान दिएनन् र उल्टै ‘सान्नानी (धीर सम्सेर) को छोरालाई गोली गट्ठा दिए । यही कुरा नै रणोद्दीपको लागि आफ्नै काल निम्त्याउने कुरा सिद्ध भयो ।

विं. सं. १९४२ कार्तिक महीनामा बृटिश–भारत सरकारले माग गरे अनुसार चर रेजीमेण्ट गोर्खाली सेना रावलपिण्डी पठाउने निर्णय प्रधानमन्त्री रणोद्दीपले गरे । नोभेम्बर २३ तारिख १८८५ का दिन उक्त सेना काठमाडौँबाट प्रस्थान हुने भयो। यसको दुईदिन अगाडि नै अर्थात् २१ नोभेम्बरमै सो सेनाका लागि चाहिने सवै गोली गट्ठा वीर शम्सेर लाई जिम्मा लगाइयो । पूर्वी कमाण्डीङ जनरल रणवीर जंगले रावलपिण्डी जाने दिन मात्रै गोली गट्ठा जिम्मा लगाउने सल्लाह दिए तापनि रणोद्दीपले यस तर्फ ध्यान दिएनन् र उल्टै ‘सान्नानी (धीर सम्सेर) को छोरालाई गोली गट्ठा दिए । यही कुरा नै रणोद्दीपको लागि आफ्नै काल निम्त्याउने कुरा सिद्ध भयो ।

हात हतियार सबै जिम्मा लिइसकेपछि, माहिला भाइ मेजर जनरल खड्ग शम्सेरले दाजु बीर शम्सेरलाई सैनिक विद्राह गर्नमा उक्साए । तर, वीर शम्सेर अलि अनकनाएको देखी, खड्ग शम्सेनरले भने – “सैनिक विद्रोह म आफै गछुँ, हजुर चुपचाप बस्नुहवस्, यो मौका गुमयो भने फेरि हाम्रो पालो आउन असम्भव छ ।” खड्ग शम्सेरले आफ्ना अरु भाइ समेतसंग सरसलाह गरेर त्यही रातमा रणोद्दीपको हत्या गर्ने षडयन्त्र अनुरुप यसको जिम्मा खड्ग शम्सेरलाई नै दिए तत्पश्चात खड्ग शम्सेर आफ्ना भाइ डम्बर शम्सेर तथा भीम शम्सेरलाई साथमा लिई रणोद्दीपको दरवारमा पुगे । सुत्नु अगाडि आफ्नो खुट्टामा तेल दल्न लगाई रामा नाम लेख्दै गरेका रणोद्दीपलाई गोली हानी त्यहीं हत्या गरे । यसरी खड्ग शम्सेर को दुस्साहसले गर्दा वीर शम्सेर प्रधानमन्त्री बन्न सफल भए । रणोद्दीपको हत्या गर्नुको साथै जंंगबहादुरको छोरा जगतजंग तथा नाति युद्ध प्रतापजंगलाई समेत थ्यही रातमा फौज पठाएर मार्न लगाए । यसरी श्री ३ जंगबहादुरको छोरा र नाति पनि यस सैनिक विद्रोहका शिकार भए ।

वीर शम्सेर प्रधानमन्त्री हुँदा उनी ३२ वषएका थिए । खड्ग शम्सेर २४ वर्षका थिए । अव यी भाइहरुको रोलक्रम अनुसार प्रधान सेनापति खड्ग शम्सेर पश्चिम कमाण्डीङ जनरल – रण शम्सेर – पूर्व कमाण्डीङ जनरल, देव शम्सेर, दक्षिण कमाण्डींग जनरल चन्द्र शम्सेर, उत्तर कमाण्डींग जनरल भीम शम्सेर र एवम् क्रममा अन्य भाइहरु भए ।

तत्पश्चात प्रधानमन्त्री वीर शम्सेरले प्रधान सेनापति खड्ग शम्सेरलाई राजकाजको प्रायजसो काम सुम्पे । यसले गर्दा खड् शम्सेर निकै शत्तिलशाली बन्न पुगे । भाइ भारदारहरु पनि उनकहाँ चाकडी गर्न पुग्थे र विस्तारै स्थिति यस हदसम्म पुग्यो कि प्रधानमन्त्री तथा श्री ३ महाराज वीर शम्सेरको समेत वास्ता गर्न छाडियो । यसैले गदाए वीर शम्सेर निकै सशंकित हुन पुगे र सोच्न थाले – “ कहीँ खड्ग शम्सेरले आफूलाई पनि काकालाई जस्तै सिध्याउन त होइन रु ” यस्तै मनस्थितिले पिरोलिएका वीर शम्सेरले अव खड्ग शम्सेरलाई हेरक पाइलोमा षडयन्त्रकारीको रुपमा देख्न थाले । उनी खड्ग शम्सेरलाई नहटाइकन, आफू सुरक्षित हुन नसक्ने निक्र्यौमा पुगे । अन्तत वि. सं. १९४३ फागुन २० गतेका दिन जड्ग शम्सेरलाई प्रधान सेनापति पदबाट हटाईयो र सोही दिन यिनलाई पाल्पा, गौडा नजीक हाल गुल्मी जिल्लाको “ठाडा” मा निर्वासित गरियो ।

वि. सं. १९४५ मा खड्गा शम्सेरलाई “ठाडा” बाट पाल्पा गौंडाको तैनाथ र पश्चिम तर्फका प्रधान सेनापतिको पद दिई “चार टप्पा” अर्थात् तराई तर्फ भैरहवा, तौलिहवासम्म र पहाडतर्फ वागलुंग र पर्वतसम्मको अख्तियारी दिई यिनको घाउमा मल्हम लगाउने का गरियो । तर यो कुरा प्रष्ट थियो कि अब अप्रान्त काठमाडौँको शक्तिकेन्द्रमा खड्ग शम्सेरको कुनै पनि भूमिका रहने भएन । यस प्रकारले शम्सेर खलकको लागि शासन सत्ता हत्याउनमा प्रमुख भूमिका खेलेका खड्ग शम्सेरले काठमाडौंको शक्तिकेन्द्र बाट टाढा, पाल्पामा निर्वासित जिन्दगी विताउनु पर्यो । हाम्रो कहानीको शुरुवात पनि अब यहींबाट हुन्छ ।

“ खड्ग शम्सेरको एक हातमा घोडाको लगाम हुन्थ्यो भने अर्को हातमा रानीको कम्मर । ”

प्रेमी खड्ग शम्सेर

राजकाज चालनबाट व्यस्त जीवन विताउन अभ्यस्त भैससकेका खड्ग शम्सेरलाई, पाल्पाको निर्वासित जीवनसंग सम्झौता गर्न अति नै कठीन हुने नै भयो । यस्ता निराशाका क्षणहरुमा आफ्नो दुःख भुलाउन, उनकी कान्छी रानी तेजकुमारी नै सहायक भइन् । रानी तेजकुमारीको मायालु बन्धनमा, खड्ग शम्सेर आफ्ना अतीतका घाउहरु सबै पुर्न चाहन्थे । तानसेनको त्यो प्राकृतिक मनमोहक वातारणको आनन्द लिन, खड्ग शम्सेर दिनहुँ घोडामा चढी घुम्न निस्कन्थे र यसरी घुम्न जाँदा रानी तेजकुमारी हरदम उनी संगै एउटै घोडामा सवार हुन्थिन् ।

यस प्रसंगमा पाल्पाली बूढापाकाहरु आफैले देखेझैं गरी एक रोचक प्रेमकथा सुनाउँछन् । उनीहरुका अनुसार खड्ग शम्सेरको एक हातमा घोडाको लगाम हुन्थ्यो भने अर्को हातमा रानीको कम्मर । रानी घरीघरी आफ्नो दुवै हात पछाडि फर्काएर आफ्नो राजालाई बाँघिरहेकी हुन्थिन् । यसरी प्रायः जसो अर्गली, शिडी, राम्दी लगायत विभिन्न रमणीय स्थलहरुमा धुम्न जाँदा उनीहरु कोसौँ पर – परसम्म पुग्थे । आसगरी तानसेनबाट साढे दुइघण्टाको बाटो तल पर्ने काली गण्डकीको किनार उनीहरुको निकै मनपरेको क्रिडास्थल थियो । यस ठाउँमा भरदिन घुमेर पनि उनीहरु अघाउँदैनथे । कति दिन त नदीको किनार मा नबै साँझ पथ्र्यो, अंकमाल गरेर बसिरहेका जोडीलाई बोलाउने हिम्मत् अंगरक्षकहरुलाई हुँदैनथ्यो । जव बगरमै झमक्क साँझ पथ्र्यो, तव फर्किने समस्या हुन्थ्यो । त्यसैले आफ्ना मालिकको यो स्वभाव चाल पाएका उनका अंगरक्षकहरु तानसेनबाट प्रस्थान गर्दा नै लालटिन र मैन्टोल बोकेर हिंड्थे ।

एकान्तप्रेमी रानी असाध्य धर्मात्मा पनि थिइन् । कुनै नयाँ एकान्त ठाउँमा पुगेपछि केही वेर त उनी त्यहाँका बनदेवताको पूजा–देवताको पूजा शुरु हुन्थ्यो । उनका पतिदेव पनि उनीबाट यति धेरै प्रभावित थिए कि पत्नीका हर इच्छाहरु पूरा गर्न कुनै कसर बाँकी राख्दैनथे ।

“स्वामी ! म अकालमै मरें भने हजुर के गरिसिन्छ ? ” खडेगा शम्सेरको न्यानो प्रेमको अंगालकोमा बाँधिएकी रानीले एक दिन भनिन् ।
“धत् लाटी, यस्तो कुरा पनि बोल्नू !” रानकिो यो कुरा उनलाई मन परेन ।

“मैले यदि साँच्चिकै सफा मनले हजुरको सेवा रेकी रहिछु भने यसैगरी हजुरको काखमा मर्न पाऊँ १” उनी गंभीर देखिइन् ।

“तिमी किन यस्तो कुरा गछ्र्यौ रानी, तिमीलाई बडामहारानी नवनाइ म मर्न दिनँ । ” खड्ग शम्सेरले आफ्नो मुठी कसे ।

“तर स्वामी, मेरा लागि त हजुर सधैँ श्री ३ होइसिन्छ । हजुरको काख कुनै महारानीको सिंहासन भन्दा के कम छ र ! यस भन्दा बढी मलाई कुनै चाहना छैन । ” उनले आफ्नो निधार खड्ग श्म्सेरको छातीया राखिदिइन् ।

“तिमी जेसुकै भन, म तिम्रै लागि भएपनि काठमाडौा माथि हमला नगरी छाड्दिनँ । ” उनी दृढ देखिए ।

“तर, मलाई त किन किन आफ्नो आयु छोटो छ जस्तो लाग्छ ।” उनले काली गण्डकी बगेतिर हेर्दै भनिन् – “मेरा लागि त हजुरले कुनै जोखिम मोल्नु नै पर्दैैन, मात्र एउटा वचन दिए पुग्छ ।” रानी आफ्नै कुरामा लागिरहिन् ।

“तिम्रा लागि त म ज्यान दिन पनि तयार छु, भन मैले के गर्नुपर्यो ?” उनले आफ्ना दुवै हातले रानीका गाला समातेर आफूतिर फर्काए । उनले निकै वेरसम्म पतिका आँखामा टुलुटुलु हेरेपछि भनिन् – “ म मरेपछि यस काली गंण्ढकीको यसै किनारमा मेरालागि एउटा दरवार निर्माण गरेर तीर्थस्थल बनाइदिसेला है ? ”

रानी किन एकोहोरिएको हुन्, खड्ग शम्सेरले पत्तो लगाउन सकेनन् । खानीको कुरा सुनेर उनका आँखा रसाएर आए । हेदहिर्दै काली गण्डकीको वालुवामा उनले टप्प दुईथोपा आँसु खसाले । आफ्ना प्रियतमको सो हाल देखेर उनको छातीमा टाउको अड्याएर रानी नि रुन थालिन् ।

“तिमीलाई आज के भो रानी, यो पनि कुनै बोल्ने कुरा हो र ! आफ्नाहरुले नै गलहत्ती लगाएर निकालेपछि तिमी बाहेक मेरो यस सन्सारमा को छ ! अव आइन्दा कहिल्यै यस्तो कुरा मुखबाट ननिकाल है !” उनले रानीको गाला मुसारे ।

तर बडा अचम्मको कुरा भयो , यासको केही दिपद्धि नै काली गण्डकीको किनारमै उनको धिन भयो । शिडी तीर्थस्थलमा स्नान गर्न यएकी रानी फेरि फर्किनन् । खड्ग शम्सेर एकदमै एक्ला भए । उनको अगाडि रानीका तिनै अन्तिम बचनहरु मात्र प्रतिध्वनि हुन थाले । उनका आँखाबाट निद्रा सदाका लागि विलायो । उनी विक्षिप्त जस्तै एक्लै बरबराउन थाले । उनलाई आफैदेखि डर लागेर आयो । कतै रानीको अन्तिम इच्छा पूरा नगरीकन आफू पनि मर्छु कि भन्ने चिन्ता लाग्यो। त्यसैले उनले तुरुन्त कलकत्ता, भारतबाट बेलायती इन्जिनीयर ल्याएर काली गण्डकाको उपयुक्त स्थानमा दरवार बनाउने ठाउँका लागि सर्वेक्षण गर्न लगाए ।

रानीमहलको बाटोः पछारिन पनि ठाउँ छैन
यो कुरा १९५० सालको हो । रानी स्वर्गे भएको वर्षदिन वित्दा नवित्दै रानीमहलको शिलान्यास गरियो । शिलान्यास गरेको शुरुको तीन वर्ष निर्र्माणस्थलसम्म जाने बाटो । पुल बनाउँदा बनाउँदै वित्यो । पाल्पातिरबाट बगेर गएको बराङदी नदी काली गण्डकीमा मिसिने दोभानमा गोथिक (ग्रीक) शैलीमा बनाउन शुरु गरिएको यो महल १९५४ सालको कार्तिक बैकुण्ठे चतुर्दशीका दिन पूरा भयो । यसबीच यसको नाम रानीमहल र यस घाटको नाम रानीघाट प्रचलित भैसकेको थियो ।

जतिसुकै ठूलो वाढी र कटानले पनि केही विगार्न नसक्ने चट्टने थुम्को लाई भवन निर्माणका लागि उपयुक्त ठहर्याइएको यो ठाउँमा तानसेन बजारबाट पुग्न निकै विकट पहाड र ठाडो भीर पार गर्दै जानुपर्छ । त्यसैले त्यही महलमा पुग्नकै लागि भनेर भवन बनाउनु भन्दा अगाडि बाटो रपुलमा मनग्य समय र श्रम लगाउनु पर्यो । कडा पहरो फेरेर हात्ती हिंडेने बाटो बनाउनु कुनै सामान्य कुरो थिएन, तर यो असजिलो काम पनि खड्ग शम्सेरको द्वढ इच्छा शक्तिको अगाडि सजिलो भईदियो ।

यो स्थान तासेनबाट करीव ७ कि.मि. टाडा पर्छ र यस ठाउँमा पुग्न झण्डै साढे दुइ घण्टा जति लाग्छ । मर्मट–संभार हुन नसकेकाले आजभोलि भने हात्ती हिंड्न सक्ने बाटो बाँकी रहेको छैन । ठाउँ–ठाँउमा सानो गोरेटो मात्र बाँकी छ। रानीघाट पुग्नुभन्दा एक छिन अगाडि आउने भीरालो बाटोमा छिपछिप पानी पनि बगिरहने भएकाले ठाउँ–ठाउँमा अति नै चिप्लो छ । डरलाग्दो कुरा त के छ भने यस भिरालो बाटोबाट मान्छे चिप्लियो भने पछारिने ठाउँपनि पुग्दैन, एकैचोटि ‘बैकुण्ठ’ पुगिन्छ । सायद यसै कारणले पनि यस भीरको नाम बैकुण्ठे भीर रहेको हे कि जस्तो लाग्छ । तर, बाटो खन्दाखन्दै ‘बैकुण्ठ’ नामको सैनिक त्यहींबाट लडेर बैकुण्ठ गउकाले यसको नाम बैकुण्ठे भीर रहेको कुरा पनि स्थानीय मान्छेहरु भन्छन्।

जेहोस्, ‘ट्रेकिङ’मा मजा लिनेहरुका लगि यो जति स्वादिलो बाटो अर्को हुनै सक्दैन। किनभने यति दुःख गरेर बैकुण्ठे भीर पार गरेपछिं जुन स्वर्गीय ठाउँहेरेर आनन्दित हुन पाइन्छ, त्यसको मजा अर्कै छ । यस्तो मजा हिम्मतिला पयृटकहरुले मात्र पाउँछन् । ‘रानीमहल’को पहिलो दर्शन पनि यसै बैकुण्ठे भीर पािर गर्नासाथै हुन्छ । बाटोमा पर्ने झरनाहरुको मनमोहक दृष्यले पनि आनन्दित नहुने शायद कोही नहोलान् ।

रानीमहल चट्टाने थुम्कोमाथि छ, तर झट्ट हेर्दा चट्टानको फेदैबाट कतै चट्टानलाई कुँदेर र कतै गाह्रो लगाएर पूरै घरजस्तो बनाइएको छ।

रानीमहल र यसको रौनक 
रानीमहल चट्टाने थुमेकोमाथि छ, तर झट्ट हेर्दा चट्टान देखिदैन। चट्टानको फेदैबाट कतै चट्टानलाई कुँदेर र कतै गाह्रो लगाएर पूरै घरजस्तो बनाइएको छ। रानीमहलको दक्षिणतर्फ पाल्पातिरबाट आउँदा बाटोमा पर्ने बैकुण्ठे पंहाड पर्छ भने पारिपट्टि, काली गण्डकी पारि स्याङ्जा जिल्लाको सतुंगा पर्छ । महलको मुख्य मोहडा उत्तर–पश्चिम फर्किएको छ । पश्चिममा काली गण्डकी र पूर्वमा वराङदी नदी छ। महल दोभानको ठीक अन्तिम विन्दुमै अवस्थित छ । विशाल चट्टानको थुम्को माथि निर्मित यस महलले झण्डै ११२ फीट लामो भूभाग ओगटेको छ। मुख्य भवन २ तले भएको यसको उचाई ५६ फीट जति छ ।

रानीमहलस् संरक्षकको पखाइमा ।
साना ठूला गरी २५ कोठा भएको यो महल कुनै समयमा मूल्यवान इरनियन गलैंचा एव कलकत्ताको सिलार्जस् कंपनी मार्फत बेलायतबाट झिकाइएको अत्याधुनिक फर्निचरहरुबाट सजिएको थियो । यस महलको सीमानभित्र विशाल प्रांगण छ । प्रांगणको दायाँ–बायाँ पानी पोखरी, मनमोहक बगैंचा, कलश, आधुनिक पार्क, फलामे खम्बाहरु र झुलिरहेका फलफूलका गमलाहरु छन् । त्यस्तै पश्चिमपट्टि नाग–नागिनीहरुले शिवलिंगमा जलसेचन गरिरहेका कलात्मक दृश्यहरु बनाइएका छन्। साथै सोहीजलधारामा नुहाउन सुविधायुक्त स्थानघर पनि बनाइएको छ । उत्तर–पश्चिम कुनामा अर्थात् काली गण्डकीको ठीक माथिल्लो भागमा भव्य वुर्जायुक्त आठकुने आकर्षक शीतल पाटी ९विश्राम घर० पनि बनाइएको छ । यसैगरी प्रांगणको तल्लो भागमा पूर्वपट्टि कार्यालय – कक्ष रहेको छ भने त्यसको तल्लो भागमा घोडा बाँध्ने तवेला, सुरक्षा सेनाहरु बस्ने र खाना पकाउने ठाउँ बनाईको छ । महलको प्रांगण देखि पश्चिममा काली गण्डकीको किनार र पूर्वमा वराङदी नदीसम्मकुँदिएका सिंढीहरु छन् ।

महलमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको र त्यो पानी महलको माथिल्लो कोठासम्म पुर्याइएको थियो भन्ने कुरा भग्नावशेष डोवहरुले देखाउँछन् । बैकुण्ठे पहराबाट कुलो खनेर पानी यहाँ ल्याइएको थियो । अनकन्टारमा बनेको त्यस महलमा विजुली बत्ती पनि बालिने व्यवस्था रहेछ भन्ने कुरा पनि अवशेषहरुले नै बताउँछन् । सायद बत्तीको लागि चाहिं जेनेरेटर नै उपयोग गरिंदो हो ।

यस महलमा एउटा अभिलेख पनि राखिएको छ, जसमा प्रष्ट शव्दमा रानी तेजकुमारीको स्मृतिमा बनाइएको कुरा उल्लेख गरिएको छ ।

मध्यरातमा उनी नुहाई धुवाई गरेर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहन्थे । भनिन्छ, काली गण्डकीको आवाजमा उनी आफ्नी स्वर्गीय रानीको बोली प्रतिध्वनि भएको पाउँथे । यसै बोलीसंग उनी कुरा गरिरहन्थे, आफ्नो प्रश्नको जवाफ पाईरहन्थे।

स्वर्गीय रानीसंग यसरी गफ गरिन्थ्यो
मुगल सम्राट शाहजहाँले ताज महलमा जसरी आफ्नी रानी मुमताजको प्रतिविमव देख्थे, ठीक त्यसैगरी हाम्रा खड्ग शम्सेर यस महलको विश्रामघरमा वसेर स्वर्गीय रानीसंग गफ गर्न पाउँथे। मध्यरातमा उनी नुहाई धुवाई गरेर पश्मिपट्टिको ९कालीगण्डकीको भुमरी परेको ठीक माथिल्लो भागमा रहेको० बुर्जामा उभिएर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहन्थे । भनिन्छ, काली गण्डकीको आजाजमा उनी आफ्नी स्वर्गीय रानीको बोली प्रतिध्वनि भएको पाउँथे ।
यसै बोलीसंग उनी कुरा गरिरहन्थे, आफ्नो प्रश्नको जवाफ पाईरहन्थे ।

विचरा रानीमहल
रानीमहल रहेको ठाउँमा आजभोलि हरिशयनी र हरिवोधनी एकादशीहरु, शिवरात्री र बैकुण्ठे चतुर्दशीमा मेला लाग्छ । त्यस भेकका मान्छेहरुको दाह संस्कार गर्ने ठाउँपनि यही भएको। पारि स्याड्जा तिरबाट काली गण्डकी माथि रहेको नेपालको सबैभन्दा लामो भनिएको (२२२ फीट लामो) झोलुंगे पुल तरेर आउने–जाने बटुवाहरुका लागि, तीथयात्री र मलामीहरुका लागि गत वर्षसम्म यो थकाइ मार्ने भवन थियो । तर, अव त यसले कसैलाई एकछिन ओत दिन पनि नसक्ने भएको छ । विचरा रानीमहलको जस्ताको ताजलाई २०४२ सालको हुरीले फुकालेर भुईमा फालिदिएपछि यो महल झाँक्रो फिजाएर बसेकी बूढी जस्तै देखिएको छ ।

यस महलमा प्रयोग भएका कीला काँटी लगायतका सम्पूर्ण सामान विदेशी थिए । यो कुरा जति बल गरेपनि उखेलिन नसकेका केही बाँकी रहेका कव्जाहरुले बताउँछन् । झिक्न मिल्ने र बल गरेर तान्दा आउने काठपात र काँटीकव्जाहरु भने ‘आ‘ अव यो बूढो महललाई के काम, बरु मेरो घरलाई काम लाग्छ’ भनेर नजिकैका गाउँलेहरुले ‘सदुपयोग’ गरिसकेका छन् ।

तर, हाम्रो सरकारले भने यस महलको कत्ति सदुपयोग गरेन । यस रानीघाटबाट र्याफ्टिङ गरेन । यस रानीघाटबाट र्याफ्टिङ गरेर काली गण्डकी हुँदै नारायणी नदीको किनारमा रहेको शहर नारायणघाटसम्म सजिलैसंग आउन सकिन्छ भन्ने कुरा पर्यटकहरुलाई बताइदिएर विदेशी मुद्रा कमाउन सकिन्छ, तर यो झन्झट गर्न सायद सरकार चाहँदैन ।

खड्ग शम्सेर के भए त ?
अन्तमा पुनः खड्ग शम्सेरकै प्रसंग कोटेयाऊँ । प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएका खड्ग शम्सेरको पालो फेरि आएन । वीर शम्सेरको निधन पछि देव शम्सेर प्रधानमन्त्री बने, तर उनलाई चार महीना पनि प्रधानमन्त्री बन्न दिइएन । कुटिल चन्द्र शम्सेर देव शम्सेरलाई हटाई आफै प्रधानमन्त्री बने । तर चन्द्र शम्सेरलाई आफ्ना दाजु खड्ग शम्सेरबाट भय छँदै थियो । निर्वासित भएर बसेका अड्ग शम्सेरलाई त्यहाँ पनि चैनसंग बस्न दिइएन । उनलाई काठमाडौंमा हमला गर्न लागेको आरोप लगाई चन्द्र शम्सेरले सैन्य शक्ति प्रयोग गरी त्यहाँबाट पनि धपाए। भनिन्छ, आफ्नो बाँकी जिन्दगी, यिनले बनारसमा विताउनु पर्यो र त्यहीं १९७८ साल पौष ८ गतेका दिन यस संसारबाट विदा लिए ।

आफ्ना बाहुबलले शम्सेर खलकलाई शासन सत्ता दिलाउनमा समर्थ, तर आफ्नै भाग्यले ठगिएका खड्ग शम्सेर प्रधानमन्त्री त बन्न सकेनन् । तर पनि आफ्नो प्रेयसीको सम्झनामा बनाइएको “रानीमहल” आज पनि काली गण्डकीको किनारामा उभिरहेको छ । यसको जर्जर अस्तित्वले त्यहाँका वासिन्दालाई खड्ग शम्सेरको प्रेमकथा सुन्न र सुनाउन आजपनि घच्घचाई रहेको छ । साधना वर्ष  : १ अंक : ५ चैत्र : २०४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys