जन उज्ज्वल आवि पूर्वखोला रिङ्नेरहको को ५३ औं वार्षिक उत्सव सम्पन्न
अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार ०६:३७
डिल्लिराज पंगेनी, पाल्पा, १० फागुन । जन उज्ज्वल आधारभूत बिध्यालय पूर्वखोला गाउँपालिका -३ रिङ्नेरहको को ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भयको छ ।

कार्यक्रमका प्रमुख अथिती प्रदेश न ५ सांसद नारायण प्रसाद आचार्यले बिद्यालयको ५३ औं बार्षिक उत्सव तथा अभिभावक दिबसको अबसरमा शुभकामना दिदै विद्यार्थी हरुको शैक्षिक गुरस्तर कम भएकाले यसलाइ अवको शैक्षिक सत्रमा ७०% शैक्षिक गुरुस्तर सहित नतिजा ल्याउन पर्ने कुरामा जोड दिनु भयको थियो ।
प्रमुख अथिती आचार्यले समाज बिकास मा प्रदेश सरकरले गाउँपालिकासंग समन्नवय गरेर अगाडि बढ्ने बताउनु भयो । प्रदेश सांसद म यहि वडाको नागरिक भएकाले यस बिद्यालय र गाउँमा परेको समस्यालाई नजिकबाट नियालेको बताउँदै बिकास निर्माणको काममा सदैव सहयोग गर्ने बताउनु भयो ।
यस्तै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बिद्यालयको ५३ औं बार्षिक उत्सव तथा अभिभावक दिबसको अबसरमा शुभकामना दिदै आफू शिक्षा क्षेत्रबाट राजनैतिकमा प्रबेश गरेको हुँदा बिद्यालयको समस्यालाइ आफुले नजिकबाट नियालेको बताउँदै बिद्यालयको शौक्षिक गुरस्तर वृद्धि गर्न गाउँपालिका लागि परेको बताउनु भयो ।
अध्यक्ष थापाले यस गाउँपालिकलाइ नमुना गाउँपालिकाको रुपमा बिकास गर्न लागिपरेकाले समाजको समस्याहरु पनि छिटै निराकण हुने बताउनु भयो ।
कार्यक्रममा बिद्यालयका प्रध्यापक केशबराज पंगेनी बाट ३६ लाख बराबरको आय ब्याय प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रममा जनमार्ग बिद्यालयका शिक्षक हरी भारती , भानुभत्त माध्यमिक बिद्यालयका शिक्षक पिताम्प्बर कार्की , जन शान्न्ति माध्यमिक बिद्यालयका शिक्षक इश्ररी शर्मा जनहित प्रा.बि का शिक्षिका लोक प्रसाद पंगेनी , हुम वहादुर आले ,पूर्ण बहादुर फाल , भविसरा आले लगायतले ५३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्नु भयको थोयो । कार्यक्रममा साबिक वडा स्तरीय भलिवल प्रतियोगिता समेत सम्पन्न भयको थियो ।
जसमा प्रथम रामपुर नगरपालिका -९ बर्भजिङ, द्वितीय पूर्वखोला -५ बिरकोट र तृतिय पूर्वखोला -५ मोचाबारीको टिम भएको थियो । कार्यक्रमा पुरस्कार बितरण जेष्ठ नागरिक सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण पंगेनीको अध्यक्षतामा बिद्यालयका शिक्षक कृष्ण प्रसाद पंगेनी को स्वागत र शिक्षक छबिलाल पंगेनीको संचालनमा सम्पन्न भएको हो ।