X

कालीगण्डकीमा अर्काे पक्की पुल, मुख्य सचिव रेग्मीद्वारा शिलान्यास

अमृत अधिकारी || १० फाल्गुन २०७५,शुक्रबार ०६:१८

सीता डोटेल पाल्पा १० फागुन । पाल्पा र स्याङ्गजा जोड्ने गरि कालीगण्डकी नदीमा अर्काे पक्की पुलको नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले शिलान्यास गर्नुभएको छ । पाल्पाको रामपुर नगरपालिका १० र स्याङ्गजाको चापाकोट नगरपालिका १०जोड्ने आँधिघाट बर्दले पक्की पुल रेग्मीले शिलान्यास गर्नुभएको हो ।

मुख्य सचिव रेग्मीले पुर्व पश्चि उत्तर दक्षिण रुपमा नेपालको मध्य भागमा रहेको रामपुर चापाकोटको विशाल भुभागको विकास र समृद्धिका लागि पुल निर्माण गर्न थालिएको बताउनुभयो । रामपुर चापाकोट सहित गण्डकीबेशीलाई जोड्न यस क्षेत्रमा दर्जन बढी पुल निर्माणलाई ध्यान दिएको बताउदै त्यसै क्षेत्रमा रोकिएका चापाकोट रामपुर जोड्ने निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण तत्काल थालेर ३ वटै पुल सँगै उद्घाटन गर्ने बताउनुभयो ।


सो पुल भ्याट सहित नेपाल सरकारको २८ करोड ४० लाख ३ हजार ३ सयको लागतमा बन्ने गरि सपना महादेव खिम्ति दिवा जेभीले निर्माणको जिम्मा लिएको छ । गतबर्ष मंसिर २२ गते ठेक्का सम्झौता भएको हो । पुल आगामी २०७७ साल मंसिर २१ गते काम सम्पन्न गरिसक्नुपर्ने सडक विभागका उपमहानिर्देशक दिपक भट्टराईले बताउनुभयो ।


२ लेनको बन्ने पुल २ सय २० मिटर लम्बाई, ७.५ मिटर चौडाईको बन्नेछ । पुलमा १.५ मिटर फुटपाथ ठाउँ समेत हुने पुल निर्माण समितिका अध्यक्ष धु्रव पंगेनीको बताउनुभयो । यस पुल निर्माण पश्चात पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र स्याङ्गजाको चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, गल्याङ्ग नगरपालिका र वालिङ्ग नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys