कांग्रेस पाल्पा जिल्लाभर संगठन विस्तार अभियानमा
अमृत अधिकारी || ९ फाल्गुन २०७५,बिहीबार १४:५४
रानीमहल पाल्पा, ९ फागुन । नेपाली कांग्रेस पाल्पाले जिल्लाभर पार्टी संघठन सुध्रिढिकरण, संघठन विस्तार, प्रशिक्षण, आम भेला, पुराना नेता तथा कार्यकर्ताहरूलाई सम्मान गर्दै, युवालाई जागरुप अभियान संचालन गरेको छ ।

टोलटोलमा कांग्रेसको कार्यालय, चोक चोकमा कांग्रेसका गतिविधी जस्ता अभियान लिएर पाल्पाका १० गाउँपालिकाको ८१ वटै वडामा नेपाली काग्रेस पाल्पाले गतिविधी लाई सक्रिय बनाएको छ । वडा वडाको टोल–टोलबाट विगतको निर्वाचनको समिक्षा गर्दै, आगामी दिनमा अपनाउने रणनिती तय गर्दै टोल टोल बाट जिम्मेवारी प्रदान गर्दै राजनितिक गतिविधिलाई सक्रिय बनाउने अभियानमा नेपाली क्रांगेस पाल्पा जुटेको हो ।
नेपाली कांग्रेस रिव्दिकोट गाउँपालिका वडा नंं २ देउरालीले बिहीबार एक प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै, विगतको ३ वटै निर्वाचनको समिक्षा गर्दै ८० जना व्यक्तिलाई सम्मान गरेको थियाे ।
राणा, पञ्चायत कालमा नेपाली काग्रेसको राजनिति गरेका हाल सम्म पनि पार्टीप्रति बफादार रहेका कार्यकर्ता, बृद्धबृद्धा तथा पार्टीको विभिन्न नेतृत्वमा रही जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरु लाई पार्टी जिल्ला सभापति एवं प्रदेश ५ का सांसद विर बहादुर राना, पार्टी सचिव अजयमान कर्माचार्य, महासमिती सदस्य एव रिव्दिकोट गाउँपालिकाका कार्यक्रम संयोजक हिमाल दत्त श्रेष्ठ, नेपाली काग्रेस रिव्दिकोट गाउँपालिकाका वडा नंं २ का कार्यवाहक अध्यक्ष राम प्रसाद पाण्डे लगायतले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी सभापति एवं प्रदेश सासद वीरबहादुर रानाले कम्युनिष्टहरूको काम जनता ढाट्ने, छल्ने, मिठा मिठा सपना देखाउने तर काम केही नगर्ने चरित्र भएको बताउनुभयो । दुई तिहाईको कम्युनिष्ट सरकार भएपनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भष्ट्राचार बढेको, केन्द्र देखि प्रदेश सम्म कमिशनतन्त्र बढेको दावी गर्नुभयो ।
गाउँ–गाउँमा कांग्रेसलाई बलियो बनाए मात्र नेपालमा पज्रातन्त्र बलियो हुने, जनताका अधिकार सुरक्षित हुने, जनता शान्ती संग बस्न पाउने, गाउँ–गाउँमा रोजगारी सिर्जना गरी आत्र्मनिर्भर नेपाल निर्माण गर्न सकिने सभापति रानाले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्य, पार्टी सल्लाहकार भानुभक्त पाण्डे, पार्टीका पुर्व सचिव माधव नेपाल, नेता रामबहादुर कार्की, रिव्दिकोट गाउँ कमिटीका अध्यक्ष रामचन्द्र पाण्डे, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, पार्टी क्षेत्र नंं १ का सचिव किशोर पंगेनी, देउराली पुर्व अध्यक्ष अम्वर बहादुर सारु, नेपाल महिला संघ रिव्दीकोटकी सचिव शान्ता पाण्डे लगायतले नेपाली काग्रेस लाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रम माथी प्रकाश पार्दै रिव्दिकोट गाउँपालिकाका कार्यक्रम संयोजक हिमालदत्त श्रेष्ठले नेताहरुले भाषण गर्दैमा पार्टीमा सुधार नआउने बताउनुभयो । पार्टी कार्यकर्ताको क्षमताको आधारमा केन्द्र देखि गाउँ टोल सम्म नयाँ जिम्मेवारी प्रदान गर्ने, जिम्मेवारी अनुसारको काम कर्तव्य पालना भएको नभएको अनुगमन गर्ने, पार्टी नेता तथा कार्यकर्ताहरु लाई उत्तरदायी र जिम्मेवारी बनाउने, गाउँ टोलसम्म पार्टीका सबै भातृ संघठन विस्तार गर्ने जनाएकाे छ ।