X
0
Shares

लेखक निर्मल श्रेष्ठद्वारा लिखित ‘भगवती मास्टर’ पुस्तककाे विमोचन

अमृत अधिकारी || ९ फाल्गुन २०७५,बिहीबार १४:५१

रानीमहल पाल्पा, ९ फागुन । लेखक तथा बुद्धिजीवि निर्मल श्रेष्ठद्वारा लिखित ‘भगवती मास्टर’ नामक पुस्तक एक भव्य समारोहका बीच विमोचन गरिएको छ । प्रदेश नं. ५ प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुधबार बुटवलमा आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

विमोचित ‘भगवती मास्टर’ पुस्तक माथि लेखक निर्मल श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने डा. सूर्य जि.सि.ले पुस्तक माथि समिक्षा गर्नु भएको थियो । पुस्तक इतिहाससँग साटिएकोले इतिहासका विद्यार्थी र इतिहासमा रुचि राख्ने पाठकहरुलाई पठनीय भएको बताउनु हुँदै हाम्रो इतिहास, हाम्रो पहिचान भएको समिक्षक डा. सूर्य जिसीले बताउनुभयो ।

यस पुस्तक चरितनायक भगवती मास्टर भएतापनि यस पुस्तकको प्रसंग पाल्पाको मात्र नभई समग्र त्यसबखतको नेपालको शिक्षाको अवस्था, शिक्षा आर्जन गर्न भारत जानु पर्ने परिस्थितिको लगायत नेवारहरु को हुन् भन्ने विषयमा उल्लेख गरिएको छ ।

यस्तै पाल्पामा कहिलेदेखि नेवारहरुको आगमन भयो आदि सन्दर्भ मिहिन ढंगले समेटिएकोे पुस्तक भएकोले सबैले पढ्नु पर्ने विमोचन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य श्रेष्ठले धारणा राख्नुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै पुस्तकले राम्रो सन्देश दिने बताउनुभयो । स्व. श्रीमती देव लक्ष्मी श्रेष्ठ स्मृति छात्रवृति अक्षयकोशका अध्यक्ष डा. महेन्द्रप्रसाद श्रेष्ठबाट कार्यक्रमको समापन गर्नु हुँदै सम्पूर्ण पाहुनाहरुलाई धन्यवाद दिनुभएको थियो ।

विमोचन कार्यक्रम डा. महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र डा. देवेन्द्रप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys