X
0
Shares

भारत लैजान थालिएको १८९ जनाको उद्धार गरि पुनःस्थापना केन्द्रमा

अमृत अधिकारी || ९ फाल्गुन २०७५,बिहीबार १४:१२
काठमाडौंँ, ९ फागुन (रासस) ः भारतको बाटो हुँदै तेस्रो मुलुकमा अवैधरुपमा लैजान लागिएका १७९ जनालाई काठमाडौँस्थित विभिन्न संस्थाका पुनःस्थापना केन्द्रको जिम्मा लगाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् ।





मन्त्रालयका सहायक प्रवक्ता पृथबहादुर केसीका अनुसार माइती नेपालमा ९४ जना, प्रवासी नेपाली समन्वय समितिमा ३२ जना, आम्कास नेपालमा १५ जना, शक्ति समूहमा १० जना, पौरखी नेपालमा २० जना तथा साथी संस्थामा आठ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको छ । उनीहरूलाई उक्त संस्थामा मनोपरामर्श र अनुसन्धानका लागि राखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । 



भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको सूचना र सक्रियता तथा भारतको मणिपुर सरकार, मणिपुर समाज कल्याण विकास र मणिपुर प्रहरीको सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व एवं समन्वयमा उनीहरूलाई बुधबार स्वदेश ल्याइएको थियो । 

उद्धार कार्यमा प्रत्यक्ष संलग्न रहेका भारतको मणिपुर सरकार, दिल्लीस्थित नेपाली राजदूतावास, नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय झापा र विभिन्न सहयोगी संस्थाको सहयोगमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएकामा मन्त्रालयले सबैलाई धन्यवाद दिएको छ । प्रारम्भिक अनुसन्धानमा उद्धार गरी नेपाल ल्याइएका उनीहरूलाई सङ्गठित गिरोहले इराकलगायतका खाडी मुलुकमा लैजान लागेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys