तिनाउ दोभानमा नागरिक समाज जवाफदेहिता बैठक सम्पन्न
अमृत अधिकारी || ८ फाल्गुन २०७५,बुधबार १४:५८
रानीमहल पाल्पा, ८ फागुन । तिनाउ गाउँपालिका वडा नं २ को स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा देखा परेका समस्या र राम्रो अभ्यासका बारेमा नागरिक समाज पारस्परिक जवाफदेहिता बैठक सम्पन्न भएको छ । इन्द्रेणी संस्थाको साझोदारीमा संचालित परियोजना अन्तर्गत स्थानीय सभा बैठक हरी प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा उठेका सवालको जवाल दिदै वडा अध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठले तिनाउँको केन्द्रमा अवस्थित वडा नं २ का जनताहरुमा सचेतना ल्याउन र सेवा दिने सन्दर्भमा देखा पर्ने ढिला सुस्ती, कमी कमजोरी औल्याइदिएर सुशासन कायम गर्न इन्द्रेणी संस्थाले महत्वपूर्ण सहयोग गरेको कुरा बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले वडा नं. २ लाई नमुना वडा बनाउन कृषि,पशुपालन र आय आर्जन ,शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा योजनवद्द काम भईरहेको बताउनु भयो ।
सो सभामा तिनाउ गाउँपालिकाका स्वास्थ संयोजक शोभाखर पोखरेल, कृषिका हेमन्त शर्मा, तिनाउ शिक्षा शाखाका श्रोत ब्यक्ति गोपाल केसी, दोभान माविका प्रअ सुर्य प्रसाद पौडेल, समन्वय समितिका अध्यक्ष अमर प्रधान लगायतले उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा सभासद लक्ष्मी नाथ ज्ञवाली र गीता पाण्डेले सहजिकरण गर्दै कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । सो सभामा राम बहादुर पल्ली, रिता गुरुङ, तारा थापा, सीता लम्साल ,जमुना पौडेल कमला श्रेष्ठ लगायतले सवाल उठाउनु भएको थियो ।