X
0
Shares

पूर्वखोलाको जनमार्ग र गणपति माविको वार्षिकोत्सव सम्पन्न

अमृत अधिकारी || ८ फाल्गुन २०७५,बुधबार १४:३६

डिल्लिराज पंगेनी पाल्पा, ८ फागुन । पूर्वखोला गाउपालिका १ सिलुवाको जनमार्ग माध्यमिक विद्यालयको ५७ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । यस्तै पूर्वखोला गाउँपालिका–५ वीरकोटको गणपती माध्यमिक बिद्यालयको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवश पनि एकै दिन सम्पन भएको छ ।


गणपती माध्यमिक विद्यालयको कार्यक्रमा प्रदेश सांसद नारायण प्रसाद आचार्य र पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा लगायत उपस्थित कार्यक्रमको बार्षिक प्रतिबेदन बिद्यालयका प्रधानाध्यापक बिष्णु कुमार पल्लिले गर्नु भएको थियो भने शिक्षक माधब न्यौपानेको स्वागत र शिक्षक गिरमान सारुको संचालमा र बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष धन बहादुर सिजालीको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।


जनमार्ग माविको प्रदेश सांसद युवराज खनाल प्रमुख अथिती र गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई बिशिष्ट अथिती रहनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिशाबाट आर्थिक प्रतिबदेन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रितमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
दुईवटै विद्यालयले वार्षिकोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम, खेलकूद, हाजिरीजवाफ प्रतियोगिता, पुरस्कार वितरण, सम्मान लगायतका कार्यक्रम सहित भूपू विद्यार्थी अभिभावक, शिक्षकको पुर्नमिलन कार्यक्रम समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys