X
0
Shares

पाल्पामा विद्यार्थीहरूद्वारा क्याम्पस प्रमूखकाे कार्यकक्ष घेराउ

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार १६:०८

रानीमहल पाल्पा, ७ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन कार्यतालिका सार्वजनिक गर्न आलटाल गरेको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारी पाल्पाले त्रिवि क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गरेका छन् ।

स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न यस अघि नै अल्टिमेटम दिएको भए पनि निर्वाचन सार्न बाहानाबाजि गरेको भन्दै नेकपा पाल्पा निकाटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

दुवै संगठनले केन्द्रीय रुलिङ्ग अनुसार नै कार्यक्रम गरेको अनेरास्वीयुका जिल्ला अध्यक्ष हिरामणी पराजुलीले बताउनुभयो । त्रिविले विगतमा अत्यन्तै प्रतिकुल अवस्थामा पनि स्ववियु निर्वाचन सम्पन्न गरेको इतिहास साक्षि रहेको भन्दै अहिले विभिन्न बहाना रचिने षडेयन्त्र भएकोले ध्यानाकर्षण स्वारुप कार्यक्रम गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैले स्ववियु निर्वाचन गर्ने सहज वातावरण हुँदाहुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले त्रिवि आमुक संगठनको दबाबमा परेर चुनाब नगराउने उद्धत रहेको आरोप लगाउनुभयो ।

अध्यक्ष सोमैले विद्यार्थीको बलिदानिपूर्ण संघर्षबाट प्राप्त स्ववियु निर्वाचनकाे नयाँ मिति सहितको कार्यतालिका तत्काल सार्वजनिक गरि उपयुक्त वातावरण निर्माणको लािग क्याम्पस प्रशासनसँग समक्षा अनरोध गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys