X

गणपति महाअनुष्ठानमा भक्तजनको घुँइचाे बढ्याे

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार १५:२७

रानीमहल पाल्पा, ७ फागुन । तानसेन १०, काे कार्यालय परिसर प्रभासमा फागुन १ गतेदेखि चलिरहेकाे महाअनुष्ठानमा दिनहुँजसो भक्तजनको भीड बढेको छ । फागुन १ गतेदेखि सुरु भएको महाअनुष्ठानमा क्रमशः भक्तजनको सहभागिता बढेको यज्ञ सम्पादन समितिले जनाएको छ । मंगलबार साे स्थानमा सबैभन्दा धेरै भक्तजन सहभागी भएका थिए । तानसेनको तेल्घा स्थित प्रभासमा गणपति महानुष्ठान तथा महायज्ञ संचालन भईरहेको छ ।

फागुन १ देखी ११ गते सम्म चल्ने महायज्ञमा साताैँ दिन मंगलबार भक्तजनहरूको घुँइचो लागेको थियाे । तानसेनकाे तेल्घा गुफाचउरलाइ गणेशधाम बनाउन महायज्ञ गरिएकाे हाे । यसबाट पाल्पाकाे धार्मिक पर्यटन विकासमा सहयाेग पुग्ने विस्वास गरिएकाे छ । तानसेन टुंडिखेलमा लामो समयसम्म राखिएको गणेश मूर्तीलाई तेल्घा स्थित गुफाचौरमा लैजान महायज्ञ गरिएको हो ।

महायज्ञको साताैँ दिन सम्ममा भक्तजनहरुको घुइचो लागेको मूल आयोजक समितिका सह–संयोजक लोचन प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । महायज्ञका मूल वाचक श्रीकृष्ण महाराज जीले सवा करोड लड्डु तथा दुवो चडाउने, ५० वर्ष उमेर पुगेका भक्तजनहरूको सामूहिक तुलादान गर्ने कार्यक्रमहरू भइरहेका छन् ।

पाल्पा र आसपासका भक्तजनहरू महायज्ञमा सहभागी भएर दान तथा पवित्र कार्यमा सहभागी भएकाे यज्ञ मूल सम्पादन समितिका संयाेजक गाेपाल प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार अहिलेसम्म बीस लाख भन्दा बढी दान संकलन भएकाे छ । महायज्ञ सम्पन्न हुने समयसम्म अझै लाखाैँ रूपियाँ दान गणेशधाम निर्माणमा सहयाेग हुने अायाेजककाे विस्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys