X

रामपुरकाे शहिद क्याम्पसमा शहिद सुर्य घिमिरेको शालिक अनावरण

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार १३:३६

सीता डोटेल पाल्पा रामपुर ७ फागुन । पाल्पाको शहिद बहुमुखी क्याम्पस रामपुरमा २०४६ सालको आन्दोलनका पहिलो शहिद सुर्य घिमिरेको शालिक अनावरण गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन शहिद बहुमुखी क्याम्पस रामपुरले क्याम्पसमा निर्माण गरेको शालिकको राष्ट्रिय सभा सदस्य तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य बद्री पाण्डेले अनावरण गर्दै शहिदको सपना अझै पुरा हुन नसकेको बताउनुभयो ।


शहिद सुर्य घिमिरेको नाममा सञ्चालित क्याम्पसले क्याम्पस हातामा शालिक निर्माण गरेर सुर्य घिमिरे प्रति सम्मान गरेको उहाँको भनाई छ । पार्टीका केन्द्रिय सदस्य पाण्डेले भन्नुभयो–जिउदो जाग्दो शालिक बनेको छ, शहिदको बलिदानको सन्देश के थियो? त्यो सपना पुरा गरेमात्रै शहिद प्रतिको उच्च सम्मान हुनेछ । शहिदको बलिदानको सन्देश निर्दलिय व्यवस्था ढलोस्, जनताको शासन र अधिकार खुसी र हाँसो छाओस् भनेर हाम्रा लागि मरे, तथापि अझै हामी समृद्धिको बाटोमा हिडेको भएपनि खुसी हुने ठाउँ छैन उहाँले थप्नुभयो । शहिदले चाहेको स्वतन्त्रता र अधिकारले नै देशमा समृद्धि ल्याउने भन्दै पाण्डेले अहिलेको उद्देश्य समृद्धि र विकास भएकाले अबको राजनिति, अबको नेतृत्व, अबको पुस्ता त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।


सोही अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले शहिद भुमिका शहिद सुर्य घिमिरेको शालिक निर्माण देखि विविध क्षेत्रमा सहयोग गरेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख तथा शहिद सुर्य घिमिरेकी छोरी बिष्णुदेवी घिमिरे आचार्यले भावुक हुदै आफ्ना पिताको बलिदानी र अहिलेको समाजमा शहिदको स्थानबारे बोल्दै अझै शहिदका सपना साकार गर्न राज्यबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । सुर्य घिमिरेका भाई तथा नेपाली काग्रेंसका महासमिति सदस्य बिजयराज घिमिरेले शहिद घिमिरेको जीवनी बारे बोल्दै सँगै रहदा दाईलाई गोली लागेर गुमाउनुपर्दाको पिडा व्यक्त गर्दै स्मरण गर्नुभयो । सोही अबसरमा शहिद बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष देवराज ढकाल, क्याम्पस प्रमुख बासुदेव देवकोटा, नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नेपाली काग्रेंसका सचिब चिरिञ्जिवी सिग्देल, सञ्चालक समितिका उपाध्यक्ष नेत्र प्रसाद भट्टराई, स्ववियु कोषाध्यक्ष बिक्रम बस्नेत, विद्यार्थी शंकर सुनारले शहिद सुर्य घिमिरेप्रति क्याम्पस र विद्यार्थीले क्याम्पस प्राङ्गणमा शालिक निर्माण गरि सञ्चा देशभक्तको सम्मान गरेको बताएका थिए ।


स्ववियु सभापति जीवन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृपा गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन स्ववियु सचिव मदन आचार्यले गर्नुभएको हो । नेपाली काग्रेंसका नेता तथा सांसद शंकर भण्डारीले शिलान्यास गर्नुभएको शालिक निर्माण पुरा भएसँगै प्रजातन्त्र दिवसको अबसरमा शालिक अनावरण गरिएको हो । रामपुर नगरपालिकाको १ लाख ५० हजार सहित २ लाख ५० हजारको लागतमा शहिद सुर्य घिमिरेको शालिक निर्माण गरिएको हो । यसैबिच शहिद सुर्य घिमिरेकी धर्मपत्नी राधादेवी घिमिरे र छोरी बिष्णुदेवी घिमिरे आचार्यले रामपुर अस्पतालका बिरामीलाई मंगलबार फलफुल वितरण गर्नुभएको छ ।


अस्पतालमा पुगेर उहाँले २०४६ साल फागुन ७ गते आन्दोलनको क्रममा ज्यान गुमाउन पुग्नुभएका शहिद सुर्य घिमिरेको स्मरणमा १५ जना विरामीलाई स्वास्थ्यलाभको कामना सहित फलफुल वितरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys